लेकाली अनलाइन
जेठ १, सल्यान ।
सल्यान रुकुम यातायात ब्यवसायी समिती सल्यानले बागचौर नगरपालिका वडा २ बागचौर बजार बाट काठमाण्डौका लागि रात्रीकालिन गाडी संचालनमा ल्याएको छ ।
सल्यान, रुकुम र रोल्पाका यात्रुहरुलाई सहज हुने भए पछि उक्त स्थान बाट गाडी संचालनमा ल्याइएको समितिले जनाएको छ ।
मंगलबार समितिका सदस्य तोकलाल शर्माले रिवन काटेर नयाँ रुढ्मा गाडी उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा सल्यान रुकुम यातायात ब्यवसायी समितिका प्रेस सल्लाहकार दिपसागर भण्डारी, बागचौर बजार ब्यवस्थापन समिती अध्यक्ष महिमा केसि लगाएत बजार बासी,ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।
बागचौर बाट काठमाण्डौका लागि प्रत्येक दिन दिउसो १ बजे गाडी छुट्ने र काठमाण्डौ बागचौरका लागि अपर्ह्ण ४ बजे छुट्ने छ । मंगलबार पहिलो दिन ना ५ ख ३३८४ नम्बरको यात्रुबाहक डिलक्स बस बागचौर देखि काठमाण्डौका लागि छुटाइएको थियो।