• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

breaking सल्यानमा गाडी दुर्घटना : ३७ जना घाइते, २ गम्भीर


लेकाली अनलाइन
जेठ २, सल्यान ।
सल्यानको शारदा नगरपालिका १ पटनेरीमा गाडी दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।  घाइतेमध्य २ जना गम्भीर रहेको प्रहरीले बताएको छ ।

आज बिहान ११ बजेतिर जिल्लाको लक्ष्मीपुर बाट श्रीनगर तर्फ हिडेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगा तर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
गम्भीर २ जना घाइतेलाई नेपालगन्ज रिफर गरिएको त्यहाँ स्थित हाम्रा सहकर्मी दिपक बोहराले बताएका छन् । अहिले घाइतेहरूकाे श्रीनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे छ ।

घटनाको विस्तृत खबर आउन बाँकी छ …

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार