• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सुर्खेतबाट उेडको विमान हुम्लामा दुर्घटना, चालक दलका २ सदस्यको मृत्यु


जेठ २,  हुम्ला ।

सुर्खेतबाट बिहान ६ बजेर १२ मिनेटमा उेडको मकालु एयरको ९ एन ए जे यु को जहाज ४ घण्टापछि दुर्घटना भएको छ।

हुम्लाको खार्पुनाथको २ मा थाली र राया गाउँको बाहुन खर्कको पहाडमा ठोकिएर दुर्घटना भएको सिमकोट विमानस्थलका सहायक प्रमुख राजु महतोले बताए । दुर्घटनास्थल १२८०० फिटभन्दा अग्लो पहाडमा खराब मौसमकै कारणले ठोकिएर दुर्घटना भएको हो। हेलिकोप्टरले टुर्घटना भएको ठाउँ चार घण्टापछि पत्ता लगाएको थियो।

दुर्घटनामा चालक दलका सदस्य किरण भट्टराई र सहचालक आधित्यानाथ नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रवीन श्रेष्ठले बताए। सुर्खेतबाट सिमकोटको लागि काग्रोको समान ढुवानीको लागि उडान भरको जहाज बिहान खराब मौसमकै कारणले दुर्घटना भएको हो। हुम्लाकै खापुनाथ गाउँपालकिका थालीगाउँभित्र एक्ला बाहुन खर्कमा खसेको अवस्थामा लामा रावले हुम्लाका संसद छक्क बहादुर लामालाई जानकारी गराएको र संसद लामाले सिमकोट विमानस्थललाई खबर गरेपछि सिमकोटबाट फिस्टल एअरको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

जहाज तीन टुक्रा अवस्थामा रहेको उद्धारमा सहभागी सिमकोट विमानस्थलमा खटिएको सुरक्षाकर्मी एम बहादुर घर्तीले बताए। उनले घटनास्थमै गएर चालक दलका दुवै सदस्यको मृत्यु भएको बताए। मृतक दुवै जनाको शव हेलिकोप्टरबाट सुर्खेतमा लगिएको सिमकोट विमानस्थल स्रोतले बताएको छ।

प्रकाशित मिति : २०७५ जेष्ठ २ गते बुधवार