जेष्ठ २ सल्यान ।
सल्यानमा सर्पको टोकाइबाट एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालीका वडा १ नाम्राकी ६० वर्षिया सरस्वती शर्माको सर्पको टोकाइबाट मृत्यू भएको हो । उनलाई मंगलबार बेलुका ८ वजेको समयमा घर नजिकै सर्पले टोकेको थियो ।
सर्पले टोपेपछि उनलाई उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटोमा मृत्यु भएको उनका श्रीमान रविराज शर्माले जानकारी दिए । यस क्षेत्रमा सर्प दम्सको उपचार नहुदा बर्सेनि मानिसको मृत्यु हुने गरेको छ ।