• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

मदन भण्डारीको ‘हत्या’ भएकै दिन पार्टी एकता हुने, यसरी गरियाे एमाले-माओवादीबीच भागबन्डा !


जेठ ३, काठमाडौँ ।

नेकपा एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । बुधबारबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नयाँ बन्ने पार्टी केन्द्रीय समितको खाका तयार गरेको हो ।

हिजाे एमाले नेताहरुले अाज अर्थात जेठ ३ गते नै पार्टी एकता गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरूले नेकपा एमाले पार्टीका तत्कालिन महासचिव मदन भण्डारीको हत्या भएकै दिन पार्टी एकता गर्दा राम्रो प्रभाव पर्ने भन्दै अाज नै पार्टी एकताको घोषणा गर्नुपर्ने नेतृत्वलाई सुझाव दिएका थिए । त्यसलार्इ माओवादी केन्द्रीय कार्यलय बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको छ ।

माओवादी नेता जनार्दन शर्माले बैठकले एकले अर्काको सकरात्मक काम सिक्दै जाने र एक अर्कामा रहेका कमजोरी हटाउँदै जाने प्रतिबद्धता पनि लिएको बताएका छन् ।

अाज स्व. भण्डारीको २५ औं स्मृति दिवस हो । उनको २०५० जेठ ३ मा दासढुंगा हत्या भएको थियो ।

समय अभावका कारण पार्टी एकता हुन नसकेपनि एउटै मंचबाट विशेष घोषणा गर्ने तयारी भइरहेको छ । भण्डारीको स्मृतिमा अाज बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रममा प्रचण्डलाई विशेष बक्ताको रुपमा बोलाएको छ ।

त्यस्तै, उपाध्यक्ष वामदेव गौतमले अाजनै पार्टी एकता हुने बताएका छन् । बैठक सकिएलगत्तै बाहिरिने क्रममा उपाध्यक्ष गौतमले भने, “बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ ।

बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भोलीनै निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गर्ने तयारी गरिएको छ ।

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार