• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

शिक्षक नियुक्तीले सल्यानकाे एक विद्यालयमा तालाबन्दी


लेकाली अनलाइन
जेठ ३, सल्यान ।

आफ्ना मागहरु पूरा नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले सल्यानकाे बागचाैर नगरपालीका १० पिपलनेटामा रहेकाे महेन्द्र माविमा तालाबन्दी गरेकाे छ ।

विद्यालयमा शिक्षक नियुक्ति लगाएतका मुद्दाहरुमा आफ्ना मागहरु पूरा नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज देखि अनिश्चितकालिन तालाबन्दी गरेको हाे । विद्यालय व्यवस्थापन समिति र विद्यालय  प्रशासनले शिक्षाको मापदण्ड विपरीत आफ्नो मातहतको व्यक्तिलाई नियुक्ति दिएकाे भन्दै केहि स्थानीयले विराेध जनाएका थिए । शिक्षक नियुक्तीमा यस्ताे खालकाे विराेध अाएपछि एमाले निकटकाे विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागचाैर नगर कमिटी र माअाेवादी केन्द्र निकटकाे अखिल क्रान्तिकारी बागचाैर नगर कमिटीले यस अघि विद्यालयमा तत्काल छानबिन गर्न माग सहित प्रेस विज्ञप्ती सार्वजनिक गरेका थिए । उक्त प्रेस विज्ञप्तीकाे अाजसम्म कुनै सम्बाेधन नभएकाे भन्दै एमाले र माअाेवादीकाे संयुक्त विद्यार्थी संगठनले आज तालाबन्दी गरेकाे एक पत्र मार्फत जानकारी गराएकाे छ ।

उता वि.व्य.स.का अध्यक्ष राजेश गिरीले लेकाली अनलाइन सँग कुरा गर्दै सबैकाे सहमतिमा शिक्षक राखेकाे बताएका छन् । उनले पहिले सबैलार्इ सम्पर्क गरेकाे तर अहिले अाएर विराेध गर्नु लजास्पद काम भएकाे बताएका छन् । उनले भने-“सहमतिकाे लागी हामीले उक्त दाेस्राेकाे पक्षलार्इ जानकारी गराएका हाैँ । उनिहरू बाहिर भएकाले फाेनमार्फत हुन्छ भनेका थिए । तर अहिले अाएर बाहिर बाहिर विराेध गर्नु काम लजास्पद हाे ।” उनले अभिभावक लगाएत सबै विव्यस सदस्यहरू सँग छलफल गरेर सबैकाे सहमतीमा शिक्षक राखेकाे तर अहिले अाएर काेहि व्यक्ती कुनै पार्टीकाे राेहाेबरमा चलेर विराेध नगर्न अाग्रह गरेका छन् ।

त्यस्तै यसघि लेकाली अनलाइन सँग कुरा गर्दै नगर शिक्षा संयाजक समेत रहेका बागचाैर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले यस विषयमा सरकारले अहिले स्थानीय तहलाई नियम कानुन नदिएको बताएका छन्।

विराेध पत्र

 

नियुक्ती दिदा सहमती पत्र

यस अघि विद्यार्थी संगठनले निकालेकाे विज्ञप्ती

तालाबन्दी गरेकाे जानकारी पत्र

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार