• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

एकता गरेपछि कर्णाली प्रदेश माअाेवादीकाे कब्जामा, एमाले शुन्य ! रुष्ट नेताहरुले अाेलीलार्इ पठाए यस्ताे पत्र ?


लेकाली अनलाइन
जेठ ४ सुर्खेत ।

एमाले र माओवादी केन्द्रबीच भएको पार्टीे एकतामा कर्णाली प्रदेशमा पुरानो माओवादी केन्द्र पार्टी सत्तामा हावी हुने प्रतिक्रिया अाएकाे छ।

एकता गरेकाे नयाँ ‘पार्टी नेपाल कम्युनिष्ट पार्टी’मा पुरानो माआवादी केन्द्रबाट दुईजना नयाँ पार्टीको स्थायी कमिटीमा परेका छन् भने पुरानो एमाले पार्टीबाट कोही पर्न नसकेर एमाले शुन्य भएकाे छ । माओवादी केन्द्रबाट जनार्दन शर्मा र शक्ति बस्नेत स्थायी समितिमा परेका हुन्। तर पुरानो एमालेबाट नयाँ पार्टीको स्थायी समितिमा कोही पनि पर्न सकेनन्।

अहिलेसम्म एमाले स्थायी कमिटीमा कर्णाली प्रदेशको प्रतिनिधित्व हुन सकेको थिएन। पुरानो पार्टी एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वालाले स्थायी समिति सदस्य बन्न खोजे पनि स्थान पाउन सकेनन्।

रूस्ट नेताहरूकाे माग

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम घडीमा कर्णाली प्रदेशमा एमाले नेताहरुले स्थायी समितिमा त्यहाँको प्रतिनिधित्व गराउन माग गरेका थिए ।

कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेल लयायत केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई निवदेन लेख्दै स्थायी समितिमा कर्णालीको प्रतिनिधित्व मागेका हुन् ।

कँडेलसहित पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य गोरख बोगटी, भैरबसुन्दर श्रेष्ठ, गुलावजंग शाह, मोहन बानियाँ, राजबहादुर बुढा, हंशबहादुर शाही, लक्ष्मीप्रसाद पोखरेल र शेरबहादुर केसी लगायतका नेताहरुले अध्यक्ष ओलीसमक्ष उक्त माग गरेका हुन् ।

यसअघि पनि कर्णालीका एमाले नेताहरुले स्थायी समितिमा प्रतिनिधित्वको माग गर्दै अध्यक्ष ओलीलाई पटक पटक अनुरोध गरेका थिए । तर, अध्यक्ष ओलीले हालसम्म सुनुवाई गरेका छैनन् ।

यस्ताे छ पत्र

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार