• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

जनप्रतिनिधिले आफुलाई हेप्ने देखि थर्काउने काम गरेकाे भन्दै सल्यानमा कर्मचारीहरु आन्दोलित


दुर्गा विसी
जेठ ४, सल्यान ।

सल्यानमा जनप्रतिनिधिहरुले आफुहरुलाई दुरव्यवहार पुर्ण कार्य गरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।

जिल्लाकाे बन्गाड कुपिण्डे नगरपालीकाका कर्मचारीहरुले वडा अध्यक्षहरुले सधै आफुहरुलाई हेप्ने देखि थर्काउने खाल्को क्रियाकलाप गरेको भन्दै कामकाज ठप्प पारेका छन् । उनिहरूले यो समस्या समाधान नभए सम्म काम काजमा नर्फकने समेत चेतावनी दिएका । धेरैजसाे उपभोक्ता समितीका सम्झौताहरुमा बढी दबाब दिने गरेको उनिहरूकाे दुखेसाे छ ।

नगरका अधिकांस कर्मचारीहरु यसरी यस नगरमा काम गर्न नसकिने जनाएका छन् । जनप्रतिनिधीहरुले आफुहरुलाई बाेल्ने भाषा शैलिमा निक्कै आपती रहेको योजना शाखाका हरिष तीरुवाले दुखेसो पोखेका छन् । उनले भने- “हामी कर्मचारी नितीमा टेकेर काम गर्ने हो । निती भन्दा बाहिर गएर काम गर्दा निक्कै समस्या हुने भएकोले यो नगरमा काम काज गर्न दिन प्रतिदिन कठिनाई परेको छ ।” जुन अध्यक्ष ज्युहरुले कर्मचारीहरु प्रति लगाएको आरोप निक्कै निन्दनीय रहेकोले यस प्रति नगरका कर्मचारीले डटेर सामाना गर्ने  कर्मचारीहरूले जनाएका छन् ।

त्यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष कमल वि.क.ले आफुहरुले कर्मचारीलाई कुनै दबाब नदिएको र नितीमा रहेरै काम गर्न अनुरोध गरेका छन् । तर राजनितीक रुपमा प्रेरित कर्मचारीले योजनाका कतिपय निवेदनका मुद्धाहरु फालि दिएको उनले बताए ।

विवादित योजनाका मुद्धा कुनैको सुनुवाई नभई सम्झौता गरिदिएको र आफ्ना वडाका केहि योजनाका मुद्धामा कर्मचारीले बल्झाएकोले सवै मुद्धाहरु एकै प्रकृतिको भएकोले कर्मचारी पनि तेहि अनुसार काम गरेको पाएकोले आफुहरुको आपती रहेको उनले बताएका छन् । नगरका कर्मचारीले काम गर्ने कुरामा भेदभाव र छुर्द्र व्यवहार गरेको वि.क.को भनाई छ । कसैका मुद्धा टेवलबाट च्यातीदिने हराईदिने आफु अनुकुलका मुद्धाहरु दर्ता गरिदिने, सम्झौता गरिदिने भएकोले यो अवस्था आएको उनको कर्मचारी प्रति आरोप छ ।

आफु अध्यक्ष तथा समिती भित्र बस्न नपाएको झोकमा केहि वडामा स्थानीयले नगरमा मुद्धा हाल्ने काम गरेकाले दर्जन भन्दा बढी योजना अलपत्र पर्ने देखिएको छ । अहिले नगरमा आएर केहि व्यक्तीले मुद्धा दर्ता गराएका छन् । सवै भन्दा वढि योजनामाहरुमा मुद्धा परेको वडा ४ र ५ मा यस्तो खाले समस्या देखा परेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार