• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

शिक्षक नियुक्ती प्रकरणले तालाबन्दी भएकाे सल्यानकाे एक विद्यालयमा २४ घण्टापछि ताला खुल्याे


लेकाली अनलाइन
जेठ ४, सल्यान ।

शिक्षक नियुक्तीकाे प्रकरणले तालाबन्दी भएकाे सल्यानकाे एक विद्यालयमा अन्ततः छलफलमार्फत ताला खुलेकाे छ ।

जिल्लाकाे बागचाैर नगरपालीका १० पिपलनेटामा रहेकाे महेन्द्र माविमा शिक्षक नियुक्तीकाे विषयले हिजाे विद्यालयमा ताला लागेकाे थियाे । त्यसकाे २४ घण्टापछि अाज सबै पक्षबिच छलफल गरेर ताला खुलेकाे हाे । याे विद्यालयमा एकताबाट निर्माण भएकाे नेपाल कम्युनिष्ट पार्टी (अन्डरलाइन) निकटकाे सयुंत्त विद्यार्थी संगठनले ताला लगाएकाे थियाे ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले शिक्षाको मापदण्ड विपरीत आफ्नो मातहतको व्यक्तिलाई नियुक्ति दिएकाे भन्दै केहि स्थानीयले विराेध गरेपछि उक्त संगठनले यस बैशाख ३१ गते विद्यालयमा तत्काल छानबिन गर्न माग सहित प्रेस विज्ञप्ती सार्वजनिक गरेकाे थियाे । उक्त प्रेस विज्ञप्तीकाे हिजाेसम्म सम्बाेधन नभएकाे भन्दै तालाबन्दी गरेकाे थियाे ।

अाज वि.व्य.स.का अध्यक्ष राजेश गिरीलकाे अध्यक्षतामा सबै पक्षबिच बसेकाे बैठकले विद्यालयमा पहिले गरेकाे शिक्षक नियुक्ती खारेज गरि खुल्ला विज्ञापन गर्ने  निर्णय गरिएकाे छ ।

निर्णय पत्र

 

याे पनि पढ्नुहाेस् 

शिक्षक नियुक्तीले सल्यानकाे एक विद्यालयमा तालाबन्दी

सल्यानमा शिक्षक नियुक्तीकाे विषयलार्इ लिएर अाराेप-प्रत्याराेप उत्पन्न

शिक्षक नियुक्तिको विषयलाई लिएर सल्यानको एक विद्यालयमा विवाद मच्चियो

प्रकाशित मिति : २०७५ जेष्ठ ४ गते शुक्रवार