• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्ड समूहको दाहसंस्कार भयाे : गाेपाल किराती


जेठ ५, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले प्रचण्डले नेतृत्व गरेको समूहको अन्तिम बिदाई गरेको बताएका छन् । उनले वैचारिक धारको दाहसंस्कार भएको घोषणा समेत गरेका छन् ।

हिजाे माओवादी केन्द्रको एकताबारे पत्रकार सम्मेलनका आयोजना गरेर किरातीले सो घोषणा गरेका हुन् । उनले भने “पुँजिवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका प्रचण्ड समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, बल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भयो”  ।

किरातीले ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फासीवादी दमन तथा भारतीय शासकसामु निर्लज्ज रुपमा आत्मसमर्पण गरेको आरोप लगाए । “प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको छ” किरातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा किरातीले राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिति गठन गर्ने र सर्वहारा वर्गको सेवामा माओवादी केन्द्र सँधै समर्पित भइरहने र समाजवादी व्यवस्था लागु गर्ने प्रतिबद्धता पनि पनि जाहेर गरे । उनले पार्टी पुर्नगठनमा जुट्न नेता–कार्यकर्ताहरुलाई अपील समेत गरे ।

एमालेसँग एकताको सहमतिदेखि असहमति राख्दै आएका किरातीले नेकपा (माओवादी केन्द्र) पुर्नगठन गरेका छन् । उनले प्रचण्ड समूहले आत्मसमर्पण गरेपनि माओवादी केन्द्र नयाँ ढंगले अगाडि बढ्ने बताए ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार