• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

पार्टी एकता सकिएपछि माधव नेपालसँगै सहित ३ स्थायी समिति सदस्यहरु दाङ अाउदै, कारण यस्ताे छ ?


जेठ ५, दाङ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अन्डरलाइनका बरिष्ठ नेता माधव कुमार नेपाल लगाएत थुप्रै केन्द्रीय नेताहरु पार्टी एकता सकिएसँगै दाङ आउने भएका छन् ।

नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४ औं स्मृति दिवसका अवसरमा जेठ ६ गते घोराहीमा हुन लागेकाे भेलालाई सम्वोधन गर्नका लागि नेताहरु दाङ अाउने भएका हुन् । नेता नेपाल सँगै पार्टीका स्थायी स्थायी समिति सदस्यहरू युवराज ज्ञवाली, शंकर पोखरेल र जनार्दन शर्मा प्रभाकर अाउने भएका हुन् । विगतमा नेकपा एमालेले मनाउँदै आएको नेत्रलाल पौडेल अभागीको स्मृति दिवस यसपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि संयुक्त रुपमा मनाइने भएको हाे ।

नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने ३४ औं नेत्रलाल स्मृति दिवसका अवसरमा घोराही उप महानगरपालिकाको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले शुक्रबार बेग्ला बेग्लै विज्ञप्ती जारी गरेर कार्यक्रममा सहभागिताका लागि आह्वान गरेका छन् ।

दङाली धर्तिका सतिसाल नेत्रलाल पौडेल अभागीको २०४१ साल जेठ ६ गतेका दिन निधन भएको थियो । उनि तत्कालिन अवस्थामा नेकपाका केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार