• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

राप्ती नदीमा डुबेर दाङमा एक बालकको ज्यान गयो


सन्तोषकुमार गुप्ता
जेष्ठ ५ दाङ ।
दाङकाे राप्ती नदीमा डुबेर आज दिउँसो भालुबाङका एक बालकको ज्यान गएको छ।

भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको छोरा बर्ष ८ का प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा ज्यान गएको हो । भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय कक्षा ४ मा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।दिउँसो करिब १२ बजे नदीमा नुहाउन गएका प्रदिप करिब १ बजे डुबेका थिए ।

बालक डुबेको थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी जवान, शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका शसस्त्र प्रहरी जवान र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका ट्राफिक प्रहरी जवानहरूको करिब तीन घण्टाको लामो खोजतलास पछि नुहाउँदै गरेको स्थान देखि करिब एक सय मिटर तल उक्त बालकको शब फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार