• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेलाई जिम्मा लगाए : बाबुराम भट्टराई


जेठ ५, कास्की ।

नयाँ शक्ति पर्टी नेपालका संयोजक बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्र पार्टी एकताका विषयमा आफ्नो धारणा कडारुपमा प्रस्तुत गरेका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै डा.भट्टराईले तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी चलाउन नसकेर एमालेलाई जिम्मा लगाएको टिप्पणी गरेका छन् ।

बिहीबार माओवादी केन्द्र विघटन गरेर एमालेसँग पार्टी एकता गरेका प्रचण्ड सत्ता स्वार्थमा लागेर पार्टीको मर्म र शिद्धान्तलाई नै विर्सेर एमालेमा लगेर विलय गराएको आरोप लगाए । उनले भने, ‘सत्ता स्वार्थका लागि एमाले र माओवादी केन्द्रबीच एकता भएको हो । यो धेरै दिन टिक्दैन ।’

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार