• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सुर्खेतका किशोरीहरु छाउगाेठ भत्काउन जुटे


अमर कार्की
जेठ ५,सुर्खेत ।

ढुङ्गा र माटाेकाे गाराे ले बने घर, घरअागन सरसफाइ छानाे जस्ता पाताले छाएको, पक्की चर्पी हेर्दा बाताबरण राम्रो संग मिलेकाे । ६ जनाकाे परिवार रहेको पञ्चपुरी नगरपालिका ३ लगममा रहेको सुनिता बाेहाेरा काे घर हाे । बाताबरण राम्रो छ तर घरदेखी २५ मिटरको दुरीमा खरकाे छानाे, बर्षातमा पानी चुहिने, माटाेले लिपपोत गरेकाे सानाे घर छ । सुनिता अहिले उमेरले १५ बर्षकि मात्र भईन । करिव १ बर्ष अगाडि देखि सुनिता महिना मा ३ दिन सानाे गाेठमा सुत्दै अाईन ।

स्थानीय भाषामा महिनावारी भएको बेला बस्ने सानाे गाेठ लाई “छाउपडि गाेठ” भनिन्छ । सुरु सुरुमा त सुनिता लाई सानाे गाेठमा ३ दिन रात बिताउन ३ बर्ष झै लाग्न थाल्याे तर याे उनलाई रहर नभई बाध्यता थियाे । महिनावारी हुदा घरमा बस्दा देउता रिसाउने, भैसीले दूध नदिने, घरमा सर्प अाउने जस्ता अन्धबिश्वास ले गर्दा अभिभावकले उनलाई अलग्गै बस्न पठाउथे । रातकाे समयमा डरले सुनिताले कहिल्यै राम्रोसग निदाउन सकिनन । कहिले बर्षातमा पानी चुहिने भएको कारण त कहिले हिंस्रक जनावर र बलात्कार हुने डरले मनमा पीडा भैरहने उनकाे भनाइ छ ।

यस्ताे रुढीबादी संस्कार लाई ताेड्न उनकाे मनमा अनेक याेजना खेलिरहन्थे । जब अाफ्नै घर अागनमा संवाद केन्द्र संचालन भयाे उनी त्यहा निरन्तर सहभागी हुन थालिन ।लालिगुरास र हरियाली किशोरी संवाद केन्द्र मा २ घण्टा नियमित छलफल सुरु भयाे । सुनिता काे जस्तै समस्या टाेल भरिका अरु किशोरी हरुकाे पनि थियोे । उनी लगाएत टाेलका सबै किशाेरीहरुले अाफ्नाे समुदाय र किशोरी हरुका समस्याको बारेमा पहिचान गरेर छलफल सुरु गरे । अाफु बाट नै सुरुवात गर्न प्रतिबद्धता गरेका किशोरी हरुकाे पहिलाे अावाज छाउप्रथा अन्त्य गर्ने रह्याे ।२०७४ कार्तिक देखि संवाद हुदै नियमित रुपमा घरमा उनिहरुले छाउपडि प्रथाकाे बारेमा छलफल गरे ।

सुरु सुरुमा अभिभावलाइ बुझाउन समेत गाह्रो भएको किशोरी हरु बताउछन् । अहिले किशोरी हरु टाेल लाई नै छाउपडी गाेठ मुक्त बनाउन जुटेका छन । अहिले सुनिता महिनावारी हुदा घरकै एउटा काेठामा सुत्छिन, नियमित सरसफाइ गर्छिन । पञ्चपुरी नगरपालिका काे वडा नं ३ काे लगाम मा धेरै जसाे घरमा छाउ गाेठ रहेका छन । शुक्रबार मात्रै किशोरी अभिभावक र संवाद सहयोग समिति काे अगुवाइमा छाउगाेठ भत्काउन थालिएको छ । संवाद केन्द्र ले लगमा ११ अाेटा छाउपडि गाेठ समेत भत्काएकाे छ । सुरुमा डरले महिनावारी हुदा घरबाहिर पठायाै जसले गर्दा धेरै किशोरीलाई पिडा भयाे किशोरी का अभिभावक अाशा भण्डारीले बताईन ।

छाेरीहरु सुरक्षित हुनकाे लागि अाफुले पनि सहयोग गरेको समेत थप्नुभयाे । किर्डाक नेपाल ले संचालन गरेकाे संवाद केन्द्र ले किशोरी तथा समुदायमा चेतना अभिबृद्धि गरेकाे वडा नं ३ का अध्यक्ष रतन धुराल ले बताउनुभयो । यता किर्डाक नेपाल का क्षमता अभिबृद्धि उत्प्रेरक अमर बि क ले याे अभियान निरन्तर रुपमा अगाडि बढाउने बताउनुभयो । साथै स्थानीय निकायले किशोरी हरुले गरेको अभियान लाई सहयोग गर्न समेत अाग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार