सामाजिक सञ्जालमा प्रचण्डभन्दा विप्लव धेरैकाे राेजाइ : विप्लवलाई ९१ % मत, प्रचण्डलाई ९ % मात्रै


जेठ ५, काटमाण्डाैँ । 

पूर्व माअाेवादी केन्द्र एमालेमा विलय भएपछि प्रचण्डकाे लाेकप्रियता एकाएक अाेरालाे लागेकाे छ भने विप्लवकाे लाेकप्रियता निकै उचार्इमा बढेकाे छ ।

सामाजिक संजाल फेसबुकमा नेत्र विक्रम चन्द विप्लव र प्रचण्डबीचकाे लाेकप्रियताकाे ग्राफमा प्रचण्डभन्दा विप्लव ठूलाे मतका साथ अगाडि देखिएका छन् ।

एकताको पक्षमा हुनेहरुले कम्युनिस्ट पार्टीको एकताले समृद्धि र विकास हुने बताएका छन् भने अर्को पक्षमा संसदीय व्यवस्थामा भाग खोज्न माओवादीहरुले एमालेमा विलय भएको बताएका छन् । यो मत सामाजिक संजालमा पनि व्यक्त भएको छ ।

एकताको गएका केही नेताहरुले नै एकतापछि बनेको नेकपा अन्डरलाइन माक्र्सवादी र लेनिनवादी नभएको बताएका छन् । उनीहरुले एकतालाई एमालेकरण नै भनेका छन् । यसले एकतालाई बेठिक भन्नेहरुलाई थप बल पुगेको छ ।

यो एकताताबारे माओवादी धारका विप्लव,वैद्य, गोपाल किराती, आहुतीलगायतले प्रचण्डको आत्मसमर्पण भनेका छन् । शुक्रबार विप्लवले लामो विज्ञप्ति जारी गरेर आफूहरुले यो अवस्था आउने पहिले नै देखेका कारण अलग भएको बताएका छन् । उनले क्रान्ति जारी रहेको बताए ।
यसैबीच एक जना समाजिक संजाल प्रयोगकर्ताले प्रचण्ड र विप्लवको फोटो राखेर मत मागेका छन् । उनको पोलमा शनिबार ११ः३० बजेसम्म विप्लवको पक्षमा ९१ प्रतिशत र प्रचण्डको पक्षमा जम्मा ९ मत देखिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार