सल्यानमा पहिलोपटक घुम्ती माटो परिक्षण प्रयोगशाला सिबिर


सरिता चलाउने
जेठ ५, सल्यान ।
पहिलो पटक घुम्ती माटो परिक्षण प्रयोगशाला सिबिर कार्यक्रम आज बाट सल्यानको शिद्धकुमाख गाउँपालीकामा सुरु भएको छ ।

शिद्धकुमाख गाउँपालीका सल्यानको कृर्षि शाखा ढोरचौर सल्यानको आयोजना र क्षेत्रिय माटो परिक्षण प्रयोगशाला खजुरा बाकेको प्राबिधिक सहयोगमा माटो परिक्षण शिबिर सुरु भएको हो । तिन दिन सम्म सन्चालन हुने माटो शिबिरको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

शिद्धकुमाख गाउँपालीकाका अध्यक्ष चित्र बहादुर चालाउनेको अध्यक्षतामा सुरु भएको माटो शिबिर कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेको प्रमुख आथित्यतामा र बरिष्ठ माटो बिज्ञ टंक बहादुर कार्किको बिशिष्ट आथित्यतामा शिबिरको उदघाटन गरिएको हो । खेतबारीमा आबश्यक पर्ने खाध्य तत्वहरु कति छ ? ककिस्तो माटोमा उत्पादन हुन्छ, कति खाध्य आबश्यक पर्छ भन्ने थहाँ पाउनको लागी पहिलो पटक भ्यान सहित ल्याप टेष्ट बाट माटो परिक्षण गर्न सुरु गरिएको गाउँपालीकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेले यो शिबिर बाट माटोको अबस्था थाहाँ भयो भने कृर्षकहरुले बढि भन्दा बढी उत्पादन गरेर खाडी मुलुकमा जाने जनशक्ति कम हुने बताएका छन् । सरकारी तथा गैयरसरकारी सस्थाहरु बाट कृर्षकहरुले धेरै सहयोग पाएकोले यो माटो शिबिर पछि ब्यवहारमा उतार्न आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै बरिष्ठ कृर्षि बिकास अधिकृत अमर राज शर्मा घिमेरेले यो माटो शिबिरले किसानहरुको उत्पादनमा बृद्धी हुने बताए ।

आफनो अधिकार प्रयोग गर्न बाहीर जान नपर्ने गरी कृर्षीमा आत्मानिर्भर बन्न उनले सुझाब दिए। परम्परागत खेतिपातीलाई निरन्तरता दिएको र माटो परिक्षणले किसानलाई झनै सहयोग पुग्ने क्षेत्रिय माटो परिक्षण प्रयोगशालाका बरिष्ठ माटो बिज्ञ टंक बहादुर कार्किले बताए । माटोलाई सुधारेर उत्पादनमा बृद्धी गर्ने जिम्मा कृर्षहरुको भएको उनलेे  बताए ।

माटोलाई चिन्न र उत्पादनलाई खोज्न नसकेर धेरै मानीस खाडी मुलुक जान परेको गाउँपालीकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । यो माटो शिबिरले कृर्षिमा बढि भन्दा बढि उत्पादन गर्नमा सहयोग पुग्ने उनले बताए । परम्परागत कृर्षिलाई परिर्बतन गर्नको लागी पनि माटो जाच गरिएको उपाध्यक्ष पुस्पा कुमारी बोहराले बताए । माटो पनि अस्वस्थ हुने भएकाले यस्लाई परिक्षण गरेर सुधार गर्न सकिने बताए ।

तिन दिन सम्म सन्चालन हुने शिबिरमा शिद्ध कुमाख गाउँपालीकाका १ सय ५० जना किसानहरुको माटो परिक्षण गरिने गाउँपालीकाले जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार