जेठ ५ काठमाडौं ।
सरकारको लागि आवश्यक मत जुटाउन नसक्दा भारत कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले राजीनामा दिन बाध्य भएका छन् । सपथ लिएको भोलिपल्ट अर्थात आज नै बीएसले राजीनामा दिएका छन् ।
कर्नाटककामा भएको विधान सभामा भारतीय जनता पार्टी ठूलो दल भएपनि सरकार बनाउन आवश्यक सिट जित्न सकेको थिएन ।
ज्यपालले ठूलो दल भएको कारण भाजपालाई सरकार बनाउन आह्वान गरेका थिए । आज भाजपाले बहुमत पुष्टि गर्नुपर्ने थियो । उसले बहुमत पुर्याउन नसकेपछि अब काँग्रेस र जेडीएस मिलेर सरकार बनाउने भएका छन् ।
तेस्रो दल जेडीएसका सांसदलाई प्रभावमा पार्न सक्ने भन्दै काँग्रेसले शहरभन्दा टाढा लगेर लुकाएर राखेको भारतीय संचारमाध्यमहरुले बताएका छन. । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।
नेपाल भ्रमण आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट कर्नाटकको अन्तिम चुनावी प्रचार गरेका थिए । धार्मिक अन्धभक्त मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिमा चुनावमा सफलताको लागि प्रार्थना गरेका थिए । चुनावी परिणाम पहिले भन्दा निकै राम्र भएपनि सरकार बनाउन आवश्यक बहुमत भने पुगेको थिएन ।
भाजपाका नेताहरुले काँग्रेसले अपहरणशैलीमा सांसदहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।