दिया चन्द
जेठ ६, काठमाडौं ।
एमाले-माओवादीबीच एकता भएको २ दिन नबित्दै केपी ओली र प्रचण्ड नेतृत्वको सरकारले दादागिरी देखाउन सुरु गरेको छ । शनिबार ओली-प्रचण्ड सरकारको ठाडो आदेशमा दमक नगरपालिकाले हाटखोला ७ स्थित सुनचाँदी लाइनमा बसोबास गर्ने २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ ।
संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र सबै वडाका अध्यक्ष, नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानीय जग्गा दलालहरुहरुको उपस्थितिमा नगरपालिकाले एकाबिहानैदेखि बस्तीमा डोजर जोतेपछि सुकुम्बासीको रुवाबासी चलेको छ ।
देशमा रोजगार अमनचैन र शान्तिको नारा दिएर चुनावमा भोट मागेको र गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा पेश गर्दै जनतासँग भोट मागेको ओली-दाहाल सरकारले नै परिवारको घारवास भत्काइदिएपछि गरिब सुकुम्बासीहरुको बिचल्ली भएको हो ।
उक्त बस्तीमा यसअघि पनि पटक-पटक डोजर लगाउन भरपुर कोशिस भएपनि स्थानीयले प्रतिकार गर्दै आएपछि सरकार पछि हट्न बाध्य थियो । प्रधानमन्त्री ओलीका स्वकिय सचिब युवराज दाहाल दमक नगरपालिकाका कार्यकारी अधिकृत बनेपछि त्यहाँ उनले दादागिरी सुरु गरेका छन् ।
केहि समय पहिला पनि अधिकृत दाहाल र केहि स्थानीय दलालहरुको कोठे सहमतिमा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने योजना बनाएको बताएका थिए । तर त्यहाँ बसोबास गर्ने सुकुम्बासीहरुले प्रतिरोध गरेपछि त्यतिबेला उक्त योजना सफल हुन सकेको थिएन ।
पिडित सुकुम्बासीहरुले बताएअनुसार त्यसपछि स्थानीय निकायको निर्वाचन भयो । लगत्तै निर्वाचित मेयर रोमनाथ ओली र उक्त बस्ती अवस्थीत वडाका अध्यक्ष भिम पौडेलले बस्ति भत्काउनका लागि पहल सुरु गरेका थिए ।
एकपटक भने सयौंको संख्यामा प्रहरी परिचालन गरेर बस्ती भत्काउन सुरु गरिएको थियो । तर त्यतिबेला पनि स्थानीयवासीहरुको प्रतिकारका कारण उनीहरुको योजना सफल हुन सकेको थिएन ।
‘त्यसबेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति निकालेर सुकुम्बासीहरुको बसोबास र रोजगारिको ग्यारेन्टी गरेर मात्र अघि बढ्न चेतावनी दिएको थियो । त्यसपछी उनीहरुको घर भत्काउने योजना केही समय रोकिएको थियो ।’ एक पिडितले संचारकेन्द्रसँग भने- ‘फेरि नगरपालिकाले ७ दिने घर खाली गर्ने सुचना प्रकाशित गरेको थियो । त्यसबेला पनि त्यही पार्टीका झापा जनपरिसद प्रमुख सुमनसिंह पौडेलले चेतावनी दिएर सचेत गराएक थिए । जसकारण नगरपालिका पछि हटेको थियो ।’
तर आज एक्कासी बिहानै डोजर र प्रहरि परिचालन गरी सबै सुकुम्बासीहरुलाई कोठा भित्रै थुनेर, अमानबिय तवरले घर भत्काएर आफूहरुको रुवाबासी मच्चाएको छ उनले दुखेसो पोखे ।
‘यो हाटखोलामा बसोबास गरेकाहरुलाई उठिबास पार्ने र वासस्थान भत्काउनेहरु यो ठाउँमा पछि आएका र यहाँको बारेमा नबुझेकाहरु छन ।’ अर्का पिडितले संचारकेन्द्रसँग भने – ‘पछि आएर यहाँको इतिहास नबुझ्नेहरुले उक्साएर आज हाम्रो घर भत्काएका हुन । यो सरासर अन्याय भएको छ ।’
ति पिडितका अनुसार अहिलेको बसोबास पहिले खोलाको किनारमा थियो तर बिस्तारै खोलाले ठाउँ छोड्दै गएपछि अहिले मुख्य बजार भित्र पर्न गयो । त्यसपछि त्यहाँको जग्गामा माफियाहरुको गिद्दे नजर लाग्यो र किर्ते गरेर नगरपालिकाले आफ्नो नाममा जग्गा दर्ता गरी लाल पुर्जा लियो ।
उक्त जग्गाको पुरानो तिरो समेत त्यहाँ बस्ने सुकुम्बासीहरुले तिरेको बताउदै स्थानियहरुले नगरपालिकाले किर्ते गरेर पुर्जा निकालेको आरोप लगाएका छन् ।
यसैबीच नेकपा झापाका सेक्रेटरी सौगात आचार्यले उचित ब्यबस्थापनको ग्यारेन्टी नै नगरी सुकुम्बासीहरुको घर भत्काउनेहरुलाइ कुनै पनि हालतमा नछोड्ने बताएका छन । त्यस्तै जनपरिसद झापाले स्थानिय जनप्रतिनिधिहरुको नाममा व्यापक दलाली भएको र दलालहरु गरिब सुकुम्बासीहरुको उठिबास गर्न लागेको हुनाले अबको संघर्ष जनप्रतिनिधि नामका दलालहरुको बिरुद्ध भएको बताएको छ ।
‘अब गरिब सुकुम्बासी र धनी दलालहरुबिच लडाई हुने स्पस्ट भएको छ। ‘जनपरिसद झापाका प्रमुख सुमन सिंह पौडेलले भने- यस घटनाको सर्बत्र बिरोध भएको छ । हामीले मात्रै विरोध गरेका छैनौं । यदि सरकारलाई यो ठाउँ खाली गर्नुपर्ने भए सुकुम्बासीहरुको वासस्थानको उचित ब्यबस्था गर्नुपर्छ की पर्दैन ?’
उक्त स्थानको बारेमा यसो भन्छन् स्थानीय
दमकको मुख्य बजार इतिहास कालदेखि नै हाटखोलाको नाममा अवस्थित छ । ५० औं बर्ष अघिदेखि उक्त स्थानमा मासु काट्ने, सुर्ती बेच्ने, किसानहरुले निर्माण गरेको काठको हलो, जुवा, कुचो, नाङ्ग्लो, डोको, थुन्चे लगायतको घरेलु बस्तुहरुको बेचबिखन हुन्थ्यो । स्थानीयहरुले उक्त कुरालाई इतिहासको रुपमा बुझेका छन् ।
तर पछि उक्त स्थानमा बजार भर्न आउनेहरुले घरेलु जाँडरक्सी खाने र हो हल्ला गर्न थाले । एक पाका स्थानीयले आफ्नो अनुभव सुनाउदै भने- ‘यो त धेरै पुरानो बस्ति हो । तर यो बजार अहिले जतिको व्यापक र ठूलो छ ।, यसको बिगत त्यस्तो छैन । यहाँ पातलो काठका घरहरु र एउटा दुईटा मात्रै पक्की घरहरु बाहेक त्यस्तो बाक्ला घरहरु नै थिएनन । तै पनि यो दमक बजार नै थियो । मधुमल्ला, उर्लाबारी दमक यतापट्टीका ठुलाबजार थिए । त्यतिबेला पनि यो हाटखोला थियो र यहाँकाका पनि घरहरु थिए । तर सरकारको आदेश हो भन्छन्, अहिले आएर नगरपालिकाले यसरी भत्काइदियो, राजाको पालामा पनि यस्ताे पिडा भोग्नु परेको थिएन ।’
संचारकेन्द्रबाट