• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

दाङमा ट्रकको ठक्कर बाट एक बालकको मृत्यु


ओमप्रकाश गुप्ता
जेठ ६, भालुवाङ ।

दाङ देउखुरीको राप्तीगाउँपालिका २ लालमटियामा ट्रकको ठक्कर बाट एक बालकको मृत्यु भएको छ ।

शनिवार बेलुका ६ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ गइरहेको लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान निवासी हिरा बुढाथोकीका छोरा वर्ष ८ कागौतम बुढाथोकीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा सो दुर्घटना भएको इलाकाप्र हरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतकबालकआदर्श नमुनामावि लालमटिया कक्षा ४ मा अध्ययन गर्दै आएकाथिए ।

विसी परिवार लालमटियामा कोठा भाडामा लिई बस्दै आएका छन् । ठक्कर दिने गाडी र चालकलाईप्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार