• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यान दुर्घटनाकाे अवडेट : घार्इतेकाे संख्या ३५ पुग्याे, १० जना गम्भीर


जेठ ६, सल्यान ।

सल्यानमा यात्रुबहाक बस दुर्घटना परि घाइते हुनेकाे संख्या ३५ पुगेकाे छ । जसमा १० जना गम्भीर छन् ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बस अाज सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्ली बजार नजिकै दुर्घटणा भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

गम्भीर घार्इतेहरूलार्इ उपचारकाे लागि नेपालगञ्ज लगिएकाे छ भने अन्यलार्इ स्थानीय अस्पतालहरूमा उपचार गरिएकाे छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार