• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

जन्मकैदको सजाय भोगिरहेका बालकृष्ण ढुंगेल अन्ततः छुट्दै, छुट्ने मिती पनि ताेकियाे !


जेठ, ६ काठमाडौँ ।

जनयुद्धकालिन मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेल जेलमुक्त हुने भएका छन् । गणतन्त्र दिवसको अबसरमा नेता ढुंगेलल छुट्न लागेका हुन् ।

कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई बाँकी कैद मिनाह गर्न सक्ने प्रावधान उनी छुट्न लागेको बताइएको छ ।

यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा छोड्ने तयारी सरकारले गरेको छ ।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको हो ।

फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन भएको थिएन । गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन् ।

जेल बसेर सुध्रिएका व्यक्तिहरुलाई छाड्ने उद्देश्यले कैद छुटको प्रावधान राखिए पनि आर्थिक चलखेलका आधारमा ४० प्रतिशत कैद भुक्तान भएका सबैजसो कैदीलाई गणतन्त्र दिवस र दशैंको बेला छाड्ने परम्परा रहँदै आएको छ । जसले देशको फौजदारी न्याय प्रणाली नै कमजोर भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार