• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सुकुम्बासीकाे बस्ती भत्काउने वडाध्यक्षको घर अगाडि बम विस्फोट, २ जना घार्इते


लेकाली अनलाइन
जेठ ७, दमक।

झापाको दमक नगरपालिका वडा नं. ७ मा सुकुम्बासीकाे बस्ती भत्काउन प्रमुख भुमिका खेल्ने साेहि वडाका वडा अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ।

आइतबार राति ९ बजेतिर दमक–६ स्थित उनको घर अगाडि बम विस्फोट भएको हो। विस्फोटमा परी तत्कालै २ जना घाइते फेला परेको प्रहरीले जनाएको छ। घाइतेले सेमु राई र त्रिलोचन पोखरेलको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको विषयमा अहिले केही भन्न नमिल्ने र घाइते भएका व्यक्ति कहाँको र कसरी त्यहाँ आइपुगे भन्ने विषयमा अनुसन्धान थालेको बताएको छ।

शनिबार मात्रै ओली-प्रचण्ड सरकारको ठाडो आदेशमा दमक नगरपालिकाले हाटखोला ७ स्थित सुनचाँदी लाइनमा बसोबास गर्ने सुकुम्बासीका २२ ओटा घरमा डोजर लगाएर भत्काइदिएको छ ।

संयौको संख्यामा ससस्त्र प्रहरी, जनपद प्रहरी र वडा अध्यक्ष भीमप्रसाद पौडेल सहित नगरका सबै वडाका अध्यक्ष, नगरपालिकाका मेयर रोमनाथ ओलि र केही स्थानीय जग्गा दलालहरुहरुको उपस्थितिमा नगरपालिकाले बिहानैदेखि बस्तीमा डोजर जोतेपछि सुकुम्बासीको रुवाबासी चलेको थियाे।

घरटहरा भत्काउँदा उनीमाथि दबाब आएको थियो। सोही कारणले उनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको आशंका छ।

यसअघिकाे याे समाचार पनि : एकता भएको २ दिन नबित्दै ओली-प्रचण्ड सरकारले सुकुम्बासी बस्तीमा डाेजर चलायाे, जनताहरुको रुवाबासी

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार