• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

नेकपा अन्डरलाइनको सम्पत्ति : एमालेको दैनिक ४ लाख आम्दानी, माओवादीले ठुलै ऋण भएकाे देखायाे


जेठ ७, काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।

आजको नागरिक दैनिकमा खबर छ- एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन । माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ ।

दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो ।

एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जयजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो ।

ओलीसहित २० मन्त्रीको सम्पत्ति अझै गोप्य !

आजको नेपाल समाचारपत्रमा खबर छ-सरकार गठनको दिन पुग्न लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २० मन्त्रीले अझै सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

कानुन्तः सर्वाजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सार्वजनिक नभए अख्तियार दुरुपयोग अुसन्धान आयोगद्धारा दण्डित हुने व्यवस्था छ ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियार गरेको सरकार प्रमुखसहितको कानुन् मान्नपर्ने प्रशासनविद् डा काशीराज दाहालको भनाई रहेको छ ।

“सरकारमा बस्नेहरुको सदाचार र पारदर्शिताको लागि सम्पत्ति विवरण बुझाउनु आवश्यक छ”-उनले भने ।

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार