• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

कांग्रेस नेता पौडेलकाे हत्या उनकै कार्यकर्ताले गरेकाे खुल्याे, ६ जनालार्इ जन्मकैदको फैसला


जेठ ७, काठमाडाैं ।

नेपाली कांग्रेसका नेता रामजी पौडेल बादल को हत्या उनकै कार्यकर्ताले गरेकाे खुलेकाे छ ।

२०७२ साउन २८ गते पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा हत्या गरेर मारिएका नेता पाैडेलकाे हत्यामा संलग्न भन्दै अदालतले दोषी ठहर भएका ६ जना कांग्रेसका कार्यकर्ताहरूलार्इ जन्मकैदको फैसला गरेको छ ।

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो ।।

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार