• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा वडाध्यक्षकै फाइल गायब भयाे


जेठ ७, दाङ ।

दाङमा वडाध्यक्षकाे फाइल कार्यालयबाट गायब भएकाे ।

जिल्लाकाे लमही नगरपालिका वडा नं १ का वडा अध्यक्ष नुमराज पौडेलको घर जग्गा अभिलेखिकरणको फाइल नगरपालिका कार्यालयबाटै ‘गायब’ भएको हाे । पौडेलले २०७३ साल पुस २८ गते घर जग्गा अभिलेखिकरणको फाइल नगरपालिका कार्यालयमा दर्ता गराएका थिए । तर अहिले त्यो फाइल खोज्दा कार्यालयमा भेटिएको छैन् ।

‘घर जग्गा अभिलेखिकरण गर्न प्राविधिकले तयार पारेको नक्सासहित अन्य कागजपत्र रहेको फाइल बुझाएको थिएँ, अहिले त्यो फाइल खोज्दा भेटिएको छैन्’ वडा अध्यक्ष पौडेलले भने, ‘जनप्रतिनिधिको फाइल समेत सुरक्षित हुँदैन भने जनताको के हालत भएको होला नगरप्रमुखलाई रसिदको फोटोकपी गरेर प्रमुख प्रशासकीय अधिकृतलाई समेत बुझाएको छ । तर फाइल भेटिएको खबर पाएको छैन ।’

नगरपालिकाको प्रशासन फाँटमा ४०४५ र प्राविधिक फाँटमा १०५८ दर्ता नम्बर थियो । तर त्यो फाइल कहाँ गयो यसको जवाफ कसैसँग छैन । यो एउटा नमुना मात्रै हो ।

घर जग्गा अभिलेखिकरण सम्बन्धी सेवाग्राहीका अन्य फाईल समेत भेटिएका छैनन् । फाईल हराउँदा डबल दस्तुर तिरेर काम गराएका थिए । नगरपालिकाको प्रशासनिक र प्राविधिक फाँट अस्तव्यस्त हुदा सेवाग्राहीले समेत दुःख पाएको गुनासो गरेका छन् ।

एक वर्ष अघि लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले पदवाहालीको क्रममा नगरपालिकाको कार्यालयवाट प्रदान गरिने सेवालाई चुस्त पार्ने घोषणा गरेका थिए ।

यता लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले वडा अध्यक्ष नुमराज पौडेलले दर्ता गराएको फाइलको खोजी भैरहेको बताए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार