• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सलयानमा विद्यालयलाई नमुना बनाउन शैक्षिक तथा धार्मिक महोत्सव


शंकर के सी
जेठ ७, सल्यान ।

सल्यानको कपुरकोटमा सोमबार देखि सञ्चालन हुन लागेको महायज्ञको सम्पूर्ण तयारि पुरा भएको छ । कालिका मावि कपुरकोटलाइ जिल्लाकै नमुना विद्यालय बनाउनका लागी आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारि पुरा भएको महायज्ञ मुल आयोजक समितीका संयोजक भुवनेश्वर गौतमले जानकारि दिएका छन् । महायज्ञका लागी यज्ञ मण्डप, हवन मण्डप, मञ्च लगाएतका सबै तयारि पुरा भएको उनले जानकारि दिए ।

महोत्सवको पहिलो दिन सोमबार विहान १० बजे कालिका माविको प्रांगणबाट झाँकी, ¥यालि, पञ्चेबाजा सहित कलश यात्रा गरिने मुल आयोजक समितीका कोषाध्यक्ष मधुसुदन गिरीले जानकारि दिएका छन् ।

सिसि क्यामेरा जडान, इ लाइब्रेरि, स्मार्ट बोर्ड, कम्प्युटर ल्याव जडान तथा विद्यार्थीको बसाइ व्यवस्थापनका लागी महोत्सवबाट उठेको रकम खर्च गरिने उनको भनाइ छ । महोत्सवबाट एक करोड ५० लाख रुपैया आम्दानी गर्ने लक्ष्य रहेको गिरीले जानकारि दिए ।

विद्यालय भनेको सबैको साझा संस्था भएकाले भविष्यका कर्णधार मानिएका आजका वालवालिकालाइ गुणस्तरिय शिक्षा प्रदान गर्न नमुना विद्यालय बनाउन आवश्यक रहेकाले त्यसका लागी महोत्सव सञ्चालन गर्न लागीएको मुल समितीका वरिष्ट उपाध्यक्ष चुडामणि केसीले जानकारि दिए ।

सोमबारदेखि यहि जेठ १४ गते सम्म चल्ने महोत्सवमा दैनिक महालक्ष्मी र सम्पूर्ण देवीदेवताको पुजा, संगीतमय कथा प्रवचन, झाँकी प्रदर्शन, प्रत्यक साँझ आरती तथा लक्ष्य दिप प्रज्वलन गरिने मुल समितीका महासचिव बामदेव अधिकारिले जानकारि दिएका छन् । महायज्ञको प्रमुख प्रवचक गोविन्द शरण महाराज रहेका छन् भने पुज्यदीदी मिरादेवीले पनि प्रवचन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ७ गते सोमवार