• २०७७ मङ्सिर २० गते शनिवार
  • Preeti To Unicode

राेल्पाकाे एउटा वडामा डिजिटल हाजिरी प्रणाली सुरु


मनिषा राई 
जेठ ८, रोल्पा ।
पूर्वि रोल्पाको सुनिल स्मृति गाउपालिका नयाँ सोचका साथ अगाडी बढ्दै गाउपालिका कै एक नमुना वडा बन्दै गएको छ । यसैक्रममा सुनिल स्मृति गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । बिकसीत सुचना प्रविधी संगै गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।

निर्बाचित भए देखि नै आफ्नो वडा लाई नमुना वडा बनाउने लक्ष्य लिएर अगाडी बढेका सुनिल स्मृति गाउपालिका ४ का वडाअध्यक्ष गन्ज बहादुर क्षेत्रीले परम्परागत प्रणालीका कारण समयको बरबादी संगै बिस्वस्नीयता पनि कम हुने भएकोले गाउँपालिका अन्तरगतका कर्मचारीहरुका लागि इ एटेन्डेन्स सुरुवात गरिएको बताए । वडामा बिभिन्न बिकास निर्माणका कार्य संगसंगै संस्थागत कार्यमा पनि क्षमता भएका वडाअध्यक्ष क्षेत्रीले वडा कार्यालय लगायत आफ्ना वडा भित्र पर्ने सरकारी कार्यालयहरुलाई पनि डीजिटलमय बनाएका छन् ।

दुई महिना अगाडी मात्र स्थानीय तह मै पहिलो पटक डीजिटल नागरिक वडा -Digital Citizen charter_ पत्र द्वारा जनतालाई सुचना दिदै आएको उक्त कार्यालयमा कर्मचारीका लागि डिजिटल हाजिरी प्रणाली -E-Attendance समेत जडान गरिएको छ । यसका साथै सूचना आदान प्रदान गर्नको लागि E-mail / website समेत बनाइएको छ ।

यस्तै बिकास निर्माणका कार्यहरुमा वडा नं. ४ को कार्यालय गाउपालिका को कार्यालय भन्दा धेरै अगाडी रहेको छ । यसै गरि वडा कार्यालयको साथै प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको ब्यबस्थापन समितिको अध्यक्ष्य समेत रहनुभएको वडाअध्यक्ष क्षेत्रीले स्वास्थ्य संस्थामा पनि धेरै सुधार ल्याउनुभएको छ । आर्थिक कारोबारलाइ छिटो छरितो र पारदर्सी बनाउनको लागि छरिएको प्रणालीलाई ल्याव, फार्मेसी र ओपिडिको हिसाब एकद्वार प्रणालीवाट संचालन गर्न हस्पितल सफटोयर समेत जडान गरिएको छ । आगामी दिनमा बिधुतिय हाजिरि प्रणाली वडाका सम्पूर्ण बिद्यालयमा समेत राख्ने र इन्टरनेट पनि उपलब्ध गरिने योजना रहेको समेत वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।

आ.व २०७४/०७५ को लागि वडाबाट विनियोजित रकमहरुको करिब ८०५ योजनाहरु सम्पन्न भैसकेको र बाँकी योजनाकाका कामहरु पनि तिब्र रुपले अगाडी बढिरहेका छन् भने अब आ.व २०७५/०७६ को लागि टोल टोलबाट योजनाहरु ल्याउन र जनताका कामहरु छिटो छरितो सम्बोधन गर्न तीनवटा कलष्टर बनाई वडा सदस्यहरुलाई परिचालित गरिएको छ । सुनिल स्मृति गाउपालिका मा रहेको ८ वटा वडामध्ये सबैको नजर परेको वडा नं.४, युवा र पढेलेखेको वडाध्यक्ष भएकोले पनि नया सोचाइका साथ बिकास निर्माणका कामसंगै अन्य वडाको तुलनामा अगाडि रहेको स्थानियहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार