जेठ ८, काठमाडौँ ।
चर्चित लाेकदाेहाेरी गायक राजकुमार बानिया पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।
भर्खरै बजारमा सार्वजनिक भएकाे लाेकगीत “नयाँ नयाँ मा” उनि माेडलकाे रुपमा देखिएका हुन् । गीतमा स्वर उनै बानियाकाे र गीता सेञ्चुरीकाे रहेकाे छ । अभिनयमा राजकुमारलार्इ चर्चित मोडल करिश्मा ढकालले साथ दिएकी छन् ।
गीतमा लय, शब्द गायक राजकुमार बानियाले नै गरेका हुन् । भिडियो निर्माणमा राजकुमार भुजेलको पनि उत्तिकै साथ छ । भुजेलको पनि अभिनय रहेको छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । बानियाँकै जलेश्वरी म्युजिक प्रालिले अडियो, भिडियोको प्रस्तुति गरेको छ ।