जेठ ८, काठमाडौँ ।
इरानविरुद्ध अमेरिकाको पछिल्लो कदम र अभिव्यक्तिको चर्को विरोध भइरहेको छ । अमेरिकाको कदमबाट आक्रोसित युवाहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकाको झण्डा सामुहिक रुपमा लगाएका छन् ।
अमेरिकी विदेशमन्त्रीले इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध लगाउने बताएपछि त्यसको इरानले निन्दा गरेको छ । इरानी राष्ट्रपति हसन रूहानीले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । त्यस्तै इरानी विदेशमन्त्री जवाद जारिफले भनेका पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अगाडि सारका कदमहरु असफल नीति भएको प्रतिक्रिया दिएका छन् ।
युरोपेली संघको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् । “इरानसँगको सन् २०१५ को पारमाणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुन सक्छ भन्ने कुराको पुष्टि गर्न पोम्पेओ विफल भएका छन्” मोगेरिनीले भनिन् । उनले इरान आफ्ना प्रतिबद्धताहरूप्रति कटिबद्ध रहे इयु उक्त सम्झौताप्रति प्रतिबद्ध रहने समेत बताएकी छन् ।
इयुको औपचारिक धारणाका बावजुद पारमाणविक सम्झौतापछि इरानसँग व्यापार गर्न हतारिएका केही ठूला युरोपेली कम्पनीहरू त्यही लगानी गर्न अथवा अमेरिकासँग व्यापार गर्नमध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगेका छन् ।