जेठ ८, काठमाडौं ।
सुन तस्करीको आरोप लागेका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।
साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई अहिले साढे १२ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
उनलाई गृहमन्त्रालयको छानबिन समितिले विदेशबाट पक्राउ गरेर ल्याएको हो। पाँच वर्षदेखि सुन तस्करी गरिरहेका उनी पक्राउ परेसँगै घटनाले अर्कै मोड लिने प्रहरीले जनाएको छ।