• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

पक्राउ पर्नुअघि गोरेको भिडियोः ३३ किलो सुन मेरो होइन, अात्मसमर्पण गर्छु … (भिडियोसहित)


जेठ ८, काठमाडौँ ।

३३ किलो सुन तस्करीका मुख्य नाइके भनेर चिनिएका चुडामाणी उप्रेती गोरेले पक्राउ पर्नुभन्दा पहिलेको भिडियो सार्वजनिक भएको छ । त्यसमा उनले ३३ किलो सुन आफ्नो नभएको र त्यो सुन अरुकै भएको बताएका छन् ।

गोरेले समन हत्या आफूले नगरेको तर सुन हराएपछि आफूमाथि दवाव भएकै कारण सोधपुछको क्रममा कुटपिट भएको स्वीकार गरेका छन् । उनले सनमको लाश बुझाउन आफूले नै प्रहरीलाई खबर गरेको बताए ।

भिडियोमा आफ्नो ज्यान पनि असुरक्षा भएको भन्दै सुरक्षा भए आत्मसमर्पण गर्न तयार रहेको बताएका छन् । उनले नेपालभन्दा बाहिरै भिडियो बनाएको प्रष्टै हुन्छ, उनले आफू सुरक्षा हुने भए नेपाल आउन तयार रहेको बताएका छन् ।

गोरेले आफू भारतीय आर्मी भएको बताउँदै अरुलाई मारेर खान आउँदैन समेत भनेका छन् । उनले ३३ किलो सुनको मुख्य दोषि आफू नभएको तर सबैले गोरे गोरे गोरे भनेर सबै दोष आफूमाथि थुपारेको बताए । उनले आफू निर्दोश भएएको समेत दाबी गरेका छन् । ३३् किलो सुनका मुख्य मालिक भन्दै एमके र गुरुङको नाम लिएका छन् । गोरेको पक्राउसँगै घटनाले नयाँ मोड लिने देखिन्छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार