• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

नेपाल फर्किएपछि सन्दीप लामिछानेले अर्काे बर्षकाे लागि गरे यस्ताे खुलासा !


जेठ ८, काठमाडौं ।

आईपीएलमा उत्कृष्ट बलरको रुपमा आफुलाई चिनाएका युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को वर्ष आफू जस्तै नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने चाहना भएकाे बताएका छन् ।

मंगलबार काठमाडौं फर्किएका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  सञ्चारकमीसँग आईपीएल नेपाललाई चिनाउने मौका भएको बताए । साथै आफुले सकेसम्म नेपाललाई चिनाउनको लागि सक्दो प्रयास गरेको जनाए ।

त्यस्तै आफुले सिक्ने अवसर मिलेको र त्यसलाई सदपुयोग गरेको उनको भनाई छ । आईपीएलको अनुभव सेयर गर्दै युवा क्रिकेटर लामिछानेले आईपीएल आफ्नो अविष्मरणीय यात्रा भएको बताएका छन् ।

सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले आफमा नपुग्ने भएपछि मौका पाएका थिए । तर, तीन वटै खेलमा राम्रो प्रदर्शन गरे ।

दिल्लीको टोलीमा राम्रा खेलाडीहरु रहेको र सुरुमै अवसर नपाए पनि पाएको अवसरमा राम्रो खेल्ने प्रयास गरेको सन्दीपले बताए ।

यसले आगामी दिनका लागि कति अवसर दियो भन्ने प्रश्नमा उनले त्यो आफूमा मात्र निर्भर नहुने बताए । ‘आगामी अवसर ममा मात्रै निर्भर हुँदैन । क्रिकेट संघको सुधार भएर घरेलु क्रिकेट धेरै भन्दा धेरै हुनु आवश्यक छ । मलाई लाग्छ नेपाली क्रिकेट धेरै माथी जाने छ । आउने वर्षमा पनि राम्रो खेलाडीहरु अझै आउने छन् । मभन्दा सिनियर दाइहरु पनि मभन्दा धेरै राम्रो हुनुहुन्छ’ उनले भने ।

एबीडी भिलियर्स र विराट कोहली जस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा प्रेसर महशुस भयो ? भन्ने प्रश्नमा उनले आफूले पनि उत्कृष्ट रहेको सोचेको खेलेको बताए । ‘उनीहरुसँग खेल्दा त्यस्तो प्रेसर त सोचिन । प्रेसर फिल गरेको भए मेरो प्रदर्शन त्यत्तिको हुने थिएन होला । आफूलाई पनि उत्कृष्ट नै सोचेर बलिङ गरेँ’ उनले भने ।

सन्दीपलाई विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार