जेठ ८ , काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको कडा चेतावनीपछि भारतले अनुमतिबिना संचालन गर्दै आएको बिराटनगरस्थित दूतावासको अफिस झन्डै १० बर्षपछि बन्द गर्ने भएको छ ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले टरेको थिएन । स्थानीयले समेत उक्त कार्यालय हटाउन बारम्बार माग गरेपनि नेपाल सरकारले समेत खासै चासो दिएको थिएन ।
सरकार मौन बसेपछि उक्त कार्यालय हटाउन पहल गरिदिन माग गर्दै स्थानीयले नेपाल कम्युनिष्ट पार्टी गुहारेपछि त्यहाँ बम समेत हानिएको थियो ।
चेतावनीस्वरूप कार्यालय गेटमा बम पड्काएको नेकपाले तत्काल कार्यालय हटाउन भनेको थियो । नेकपाले बम पड्काएको ठिक १ महिना ५ दिनपछि भारतले उक्त कार्यालय हटाउने औपचारिक जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको उच्च स्रोतले जानकारी दियो ।
भारतले एक विज्ञप्ति नै सार्वजनिक गरी उक्त कार्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको स्रोतले बतायो । अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको उक्त राजदूतावासको कार्यालयमा गत बैसाख ३ गते नेपाल कम्युनिष्ट पार्टीले बम हानेको थियो ।
बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको थियो । अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल नगरेपछि नेकपाले बम हानेको हो ।
उक्त कार्यलय तत्काल नहटाए परिणाम गम्भीर हुने चेतावनी दिएपछि भारतले कार्यालय हटाउन लागेको स्रोतले बतायो ।उक्त राजदूतावास हट्ने भएपछि स्थानीय खुसीले गदगद भएका छन भने विप्लव नेतृत्वकाे नेकपालाई धन्यवाद दिएका छन् ।
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले अनुमति बिना नै फिल्ड अफिस खोलेको जनाएको थियो ।
यस अघिकाे समाचार
नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमाण्डले विराटनगरमा रहेको बाढी नियन्त्रण कार्यालय हटाउन चेतावनी दिएको छ । नेकपाका पूर्वी कमाणड इन्चार्ज विरहीले विज्ञप्ति निकालेर बाढी नियन्त्रणको नाममा जासुसी गर्न भारतले उक्त कार्यालय स्थापना गरेको भन्दै तत्काल हटाउन भनेका छन् ।
“२०६५ सालमा कोशी नदीको बाढी नियन्त्रण गर्न बनाएको विराटनगर–१३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुस कार्यालय हटाउन र हाम्रा नेता कार्यकर्ता रिहा गर्न माग गर्दछौं । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारविरुद्ध थप संघर्षमा उत्रन बाध्य हुनेछौं” विरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय सदस्य किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० भन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएको भन्दै नेकपा पूर्वी कमाण्डले मंगलबार बन्द आयोजना गरेको थियो । नेकपाको बन्दले पूर्वी नेपाल ठप्प भएको थियो ।
हेर्नुहोस् विज्ञप्ति
याे पनि पढ्नुहाेस् ।
मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा अड्डा जमाएर बसेको भारती कार्यालयमा बम विस्फोट
नेपालमा अड्डा जमाएर बसेको भारतीय कन्सुलरको कार्यालयमा शक्तिशाली बम विस्फोट