• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

रुकुमकाे चौरजहारीमा महोत्सव हैुद , संसारकै ठुलो चरा अष्ट्रिज र मरुभुुमिकाे उँट हेर्न पाइने


ज्ञानु गौतम

जेठ ८, रुकुम ।

रुकुमको चौरजहारी नगरपालिकामा प्रथम चौरजहारी पर्यटन ब्यापार तथा सांस्कृतिक महोत्सव २०७५ हुने भएको छ । पुष्पकमल प्रगतिशिल युवा जागरण मञ्च र शहिद स्मृति प्रतिष्ठान चौरजहारीको आयोजनामा जेष्ठ १८ देखि २९ गतेसम्म चौरजहारीको बडा नम्बर २ रङ्गशालामा महोत्सवको आयोजना गरीएको आयोजकले बताएको छ ।

समृद्धशालि नगर बनाउन हामि सबै लागि परौ,कला सँस्कृति र पर्यटनको बिकाश तथा संरक्षण गरौ भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवमा चौरजहारी नगरपालिकाका १४ वटै वडाको झाँकि ,ब्यवसायिक स्टरहरु मार्फत सुफत मुल्यमा दैनिक उपभोग्य सामान खरिद ,रोटेपिङ्ग ,मउतका कुवा , मरुभुमिमा पाईने उँट अवलोकन ,संसारकै ठुलो चरा अष्ट्रिज स्थानिय कलाकारको बेजोड प्रस्तुति हेर्न सकिने महोत्सव मुल आयोजक समितिका संयोजक बालकृष्ण बुढाथोकिले जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकारहरु नायक निखिल उपे्रति, नायिका रेखा थापा ,झरणा थापा, गायिका ज्याति मगर , सरस्वति लामा ,भुमिका गीरि ,गायक रामजि खांन,दुर्गेश थापा,किरणबाबु पुन ,तिलक परियार, अमित परियार, शक्ति चन्द,टंक तिमिल्सिना , हास्यकलाकार बल्छि धुर्बे,राजु मास्टर , चर्चित मोडेल मालति घले , लक्ष्मि बोहरा,लगाएतका चर्चितकलाकारको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक एलबि कटुवालले जानकारी दिए ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सव रुकुममा पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको निर्देशक डिल्लि परीयारले दाबि गरे । “हामिलाई चौरजहारी नगरपालिका र उद्योग वाणिज्य संघ चौरजहारीले साथदिएकोहामिले दर्शकको मागलाई मध्यनजर गदै मरुभुुमिमा पाईने उँट, ,संसारकै ठुलो चरा अष्ट्रिज , ख्यातिप्राप्त कलाकार ल्याउदै छौ त्यसकारण दर्शककाे उल्लेखिय सहभागिता रहने छ उनले भने ” परियारका अनुसार महोत्सवमा खुल्ला चौरजहारी नृत्य प्रतियोगिता पनि राखिएको बताए । महोत्सवको तयारी तिब्र पारिएको र ५० देखि ७० हजार दर्सकले अबलोकन गर्ने आयोजकको दाबिरहेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार