जेठ ८, सल्यान ।
सल्यान कपुरकोट गाउँपालिकाले गुनासो सुन्न आजदेखि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकासंग सम्बन्धित कुनै पनि समस् या, गुनासा, सल्लाह र सुझावलाई तत्काल सम्बो धन गर्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको हो ।
जिल्लामा टोल फ्रि नम्बर जोड्ने कपुरकोट गाउँपालिका पहिलो स्थानीय सरकार हो । फोन गर्दा पैसा नलाग्ने १६६०८८५२०७० नम्बरको टेलिफोन जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।
जनताले कुनै पनि गुनासा या समस् या भए टोल फ्रि नम्बरमा फोन गरे र आफ्ना समस्या राख्न सक्ने रिजालको भनाइ छ ।