• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

याेग्यता नपुगेकाे शिक्षक नियुक्ती गरेकाे भन्दै फेरी सल्यानकाे एक विद्यालयमा तालाबन्दी


लेकाली अनलाइन
जेठ ९, सल्यान ।

विद्यालयमा शिक्षक नियुक्तिकाे प्रकरणले फेरी सल्यानकाे एक विद्यालयमा तालाबन्दी भएकाे छ ।

यसअघि जिल्लाकाे बागचाैर नगरपालिका १० पिपलनेटामा रहेकाे महेन्द्र माविमा लागेकाे ताला यसपटक साेहि नगरकाे वडा नम्बर २ थारमारेमा रहेकाे जनकल्यान नमुना माध्यामिक विद्यालयमा लागेकाे छ । शिक्षक राख्दा शैक्षिक याेग्यता नपुगेका र खुल्ला विज्ञापनबाट नगरेर अाफ्नाे मनाेमानीत ढंगले राखेकाे भन्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सल्यानले अाज तालाबन्दी गरेकाे छ ।

साे संगठनले एक विज्ञप्ति सार्जनिक गर्दै शैक्षिक याेग्यता नपुगेका र अाफ्ना नातेदारलार्इ शिक्षकमा नियुक्ती गरेकाे भन्दै बिराेध गर्दै अाएकाे बताएकाे छ । जुन माग अाजसम्म वेवास्ता गरेकाे भन्दै विद्यालयमा तालाबन्दी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

उक्त संगठनले यदी अाफ्ना मातहतकालार्इ नियुक्ती गर्ने हाे भने धेरै पढेकाहरुले देशमा राेजगार नपाउने भन्दै हाल गरिएकाे शिक्षक नियुक्ती तत्काल नसच्याए अाफुहरूले अझै कडा अान्दाेलन गर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएकाे छ ।

यसअघिकाे समाचार

शिक्षक नियुक्तीले सल्यानकाे एक विद्यालयमा तालाबन्दी

प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते बुधवार