जेष्ठ ९, सल्यान ।
सल्यानमा एउटा भरुवा बन्दुक फेला परेको छ ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोलामा बुधबार वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक फेला परेकाे हाे । ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यस तर्फ सर्वे गर्न गएको बेला बन्दुक देखीएको ईलाका वन कार्यालय सल्लीबजारका अधिकृत दिपकराज प्रकाश जङ्ग शाहिले जाए ।
बिहान ७ बजे तिर देख्न साथ ईलाका प्रहरी कार्यालय सल्लीबजारमा खबर गरेर त्यस तर्फ प्रहरी पुगेर खोज अनुसन्धान गर्दा बेवारिसे अवस्थामा जङ्गलमा फालेको देखिएको र अहिले भरुवा बन्दुक ईलाका प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालयका हवल्दार गोविन्द ढकालले जानकारी दिएका छन् ।