• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

भ्रष्टाचारकाे अाराेप लागेपछि सल्यानका जनप्रतिनिधिकाे पुष्टी गर्न माग, नेकपाले दियाे यस्ताे उत्तर ?


लेकाली अनलाइन
जेठ ९, सल्यान ।
सल्यानमा केही दिन अगाडी भ्रष्ट जनप्रतिनिधिहरु भनेर सार्वजनिक गरेको सुचिप्रति सल्यानका जनप्रतिनिधहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन ।

बुधबार सल्यान खलंगामा नेपाल कम्युनिस्ट पार्टीले केहिदिन अघि भ्रष्टाचारी भनेर आरोप लगाएका जनप्रतिनीधिहरुले पत्रकार सम्मेलन गरी आफुहरुले भ्रष्टाचार नगरेको बताएका छन् । उनिहरुले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि नेकपालाई चुनौति दिएका छन् ।

जनप्रतिनिधिले जारी गरेको विज्ञप्तीमा भनिएको छ स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले आफ्नो कानुन आफै बनाएर अघि बढ्नु पर्ने वर्तमान अवस्थामा विभिन्न परिस्थितिले सवै काम एकै पटक रफ्तारमा जान नसकेको सन्दर्भमा केही कमि कमजोरी हुन सक्ने भएता पनि विज्ञप्ती प्रचारमा ल्याएको भ्रष्टाचार के काममा भएको हो ? कहिले भएको हो ? के ही उल्लेख नगरी भ्रष्टाचार गरेको भनि निराधार हल्ला चलाएको र वास्तविक नवुझी अर्मायादित कमेन्ट गर्नेहरुको कारण जनताको अभिमतको अपमान भएको महशुष गरेका छाैं।

न्यायपुर्ण निर्णय समाबेशी बिकासको अबधारणा बोकेर आफुहरुले स्थानीय तह सञ्चालन गरिरहेको जनप्रतिनीधिहरुले दाबि गरेका छन । यदी कसैलाई भ्रम पर्न गएको भए खुल्ला छलफलमा जान समेत तयार रहेको बताएका छन ।

विज्ञप्तीमा विकासको जग बनाउने स्थानीय तहमा जनताको सेवामा अहोरात्र खटिएका हामी जनप्रतिनिधिहरुलाई भ्रटाचारको आरोप लगाउनु भ्रम पुर्ण र राजनैतिक रुपमा प्रतिशोधपुर्ण हो जस्को हामी भत्र्सना गर्दछौ, भनिएको छ ।

पत्रकारहरुको एक जिज्ञासामा स्थानीय जनप्रतिनीधिहरुले विप्लव नेकपाका नेताहरुले हरेक योजनामा २ प्रतिशत रकम माग गरेको र छुट्ट्रै सहयोग समेत मागेको तर नदिएकोले भ्रष्टाचार गरेको आरोप लगाएको वताएका छन ।

उता नेकपाका सल्यान जिल्ला सेक्रेटरी लोकपाल केसी महेन्द्रले पैसा नदिएकोमा भ्रष्टाचारी भन्नुभएछ नी ? भन्ने हाम्रो प्रश्नमा भने – “यो सरासर झुट्टा हो, जनताले भ्रष्टाचार गरेको उजुरी गरिरहेका छन, भ्रष्टाचारीको केश हाम्रो जनअदालतामा छ, हाम्रो आग्रहमा जनताले केहि दिनमा कार्वाहि पनि गर्न सक्छन ।” आफुहरुले आरोप हैन वास्तविक कुरा गरेका बताउदै यसको पुष्टी जनप्रतिनिधिहरुले आफै गरेको बताएका छन ।

उनले भने हामीले समानान्तर सत्ता चलाइरहेकाले २ प्रतिशत किन ? ५० प्रतिशत नै दिनुपर्ने भन्दै आएको बताए । विकास निर्माणमा आफुहरुले पनि प्रतिस्पर्धा गर्ने भएकाले जनताको विकास बजेटको ५० प्रतिशत आफुहरुले प्रयोग गर्ने र त्यसबाट उदाहरणिय काम गरेर देखाउछौ भने ।

उनले भने –“तपाइहरुले देख्नुभयो होला हामीले थवाङमा पार्टीकै लगानीमा ठुलो सहिद स्मृति भवन बनायौ, अहिले कालिकोटमा बाटो बनाउदैछौ, के हामी को हौ र, विकास गर्छौं भन्दा गर्न नपाउने ?“
जेठ ७ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा भ्रष्टाचार गरेको भन्दै ३ नगरप्रमुख, ३ गाउँपालीकाका अध्यक्ष र ७ जना वडा अध्यक्षको प्रेस विज्ञप्ती मार्फत नाम सार्वजनिक गरेको थियो ।

विज्ञप्ती हेर्नुहाेस् 

यसअघिकाे समाचार यस्ताे छ

सल्यानमा भ्रष्टाचारी भन्दै नेकपाले सार्वजनिक गर्याे ६ प्रमुखसहित १३ जनप्रतिनिधिकाे नाम (लिष्टसहित)

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा भ्रष्टाचारी भन्दै ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखसहित १३ जनप्रतिनिधिकाे नाम सार्वजनिक गरेकाे छ । जसमा ३ नगरिप्रमुख र ३ गाउँप्रमुख रहेका छन् ।

साे पार्टीकाे जिल्ला जनपरिषद्ले अाज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेर स्थानीय तहमा निर्वाचित भएपछि जिम्मेवारीमा रहेर भ्रष्टाचार र लुट मच्चाएको भन्दै  १३ जना जनप्रतिनिधिकाे नाम सार्वजनिक गरेकाे बताएकाे छ । नेकपाले तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनतासामू माफी माग्न अपिल समेत गरेको छ ।

नेकपाका सल्यान जनपरिषद् प्रमुख प्रतीकले जारी गरेकाे प्रेस विज्ञप्तिमा कुपिण्डे नगरपालिका मेयर गोविन्द पुन, बाघचौर नगरपालिका मेयर लोकमान बुढाथोकी र शारदा नगरपालिका मेयर सुरेश अधिकारी, सिद्ध कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर चलाउने, त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी र कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुलाई भ्रष्टाचार गरेको रकम फिर्ता गर्न र आगामी दिनमा जनविरोधी क्रियाकलाप नगर्ने प्रतिवद्धता जाहेर गर्न आग्रह गरिएको छ । उनीहरुले नक्कली बिल पेश गरेर रकम खाएको दाबी विज्ञप्तिमा जनाइएको छ । उनिहरुलार्इ भ्रष्टाचारीको आरोप लगाउँदै रकम फिर्ता र जनताका विरुद्ध हर्कत नगर्न चेतावनी दिइएको छ ।

जनताको बिचमा खडा भएर आफूले गरेको भ्रष्टाचार रकम र अपराध स्वीकार गरेर माफी मागेर जनपक्षीय निर्णय लिइएमा सच्चिने र सुध्रिने मौका दिइने पनि प्रमुख प्रतीकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस्तै विज्ञप्तिमा विभिन्न नगरपालिका र गाउँपालिकाका गरी ७ वटा वडाध्यक्षलाई पनि भ्रष्टाचार रकम जनताबिच याचनासहित फिर्ता गर्न र आइन्दा जनताको हितविपरीत कार्य नगर्ने प्रतिवद्धता जनाउन पनि अपिल गरिएको छ । पदमा बसेर उनीहरुले नातागाेतालाई कर्मचारीमा भर्ना गर्ने, विककास निर्माणमा चर्को कमिसन खाने, अाफैं डोजर किन्ने, भ्रष्टाचारबारे कुरा उठाउनेलाई सुराकी गरेर प्रहरी लगाई गिरफ्तार गराउने र झुटा मुद्दा लगाउन प्रशासनलाई उक्साउने जस्ता जनविराेधी कार्य गरेको अारोप विज्ञप्तिमा लगाइएको छ ।

ती वडाध्यक्षहरुमा शारदा नगपालिका–८ का अध्यक्ष जुद्धबहादुर बृुढाथोकी, शारदा नपा–६ का अध्यक्ष भिकराज बुढाथोकी, शारदा नपा–१२ का अध्यक्ष दीपक हमाललाई स्थानीय तहमा बसेर राज्य कोष रकम भ्रष्टाचार गरेको भन्दै फिर्ता गर्न आग्रह गरिएको छ । बाघचौर नपा–५ का अध्यक्ष डिल्ली वली, बाघचौर नपा–८ का अध्यक्ष रोमु शाही, दार्मा गाउँपालिका–६ का अध्यक्ष दुर्गा मल्ल र दार्मा गाउँपालिका–२ का अध्यक्ष डिल्ली केसीलाई पनि भ्रष्टाचार गरेको रकम जनताबिचमा उपस्थित भएर फिर्ता गर्न र आइन्दा त्यस्तो जनविरोधी क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाउन आग्रह गरिएको छ ।

आग्रहलाई अटेर गरी जनविरोधी कार्यलाई नस्वीकार्ने र थप हर्कत जारी राखेमा जनताको साथ लिई जनकारवाही गर्ने चेतावनी जिल्ला जनपरिषद्का प्रमुख प्रतीकले दिएका छन् । पछिल्लो समयमा स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुले राज्यको कोष र स्थानीय बजेटमा चरम मात्रामा भ्रष्टाचार गरेको उजुरीको आधारमा छानबिन गर्दै दोषीमाथि जनकारवाहीको श्रृंखला चलाउँदै दाबी नेकपाले गर्दै आएको छ ।

भ्रष्टाचारी र घुसखोर–कमिशनखोरलाई पार्टीले केन्द्रदेखि नगर, गाउँ र वडा स्तरसम्म कारवाही जारी राखेको स्मरण विज्ञप्तिमा गरिएको छ ।

हेर्नुहाेस् प्रेस विज्ञप्ती

प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते बुधवार