सल्यानको ढोरचौरमा लक्ष्मी बैंकको शाखा विस्तार


सरिता चलाउने
जेठ ९, सल्यान ।

लक्ष्मी बैंकले सल्याको शिद्ध कुमाख गाउँपालिका ढोरचौरमा आफ्नो ८३ औ शाखा विस्तार गरेको छ ।

उक्त शाखाको लक्ष्मी बैंक डेपुटी चिपफ अफिसर अजयविक्रम शाहले उद्घाटन गरेका हुन । कार्यक्रममा डेपुटी चिफ अफिसर अजय विक्रम शाहले नेपाल सरकारले स्थानीय तहमा एक बैंक अनिवार्य घोषणालाई सार्थक रुप दिनका लागि शाखा विस्तार गरिएको वताए । उनले भने- “ग्रामीण भेगका सेवाग्राहीलाई स्थानीय क्षेत्रमै सेवा प्रदान गर्ने उद्देश्यले आफुहरुले शाखा विस्तार गर्दै आएको छौ ।”
बैंक नेपालका ४२ जिल्लामा आफ्नो शाखा विस्तार गरेर सेवा दिई रहेको र सल्यानमा ३ वटा शाखाबाट सेवा दिई रहेको उनको भनाई रहेको छ ।

स्थानीय स्तरमै वैंकले सेवा दिनेभएपछि स्थानीय निकै खुशी भएका छन् । वैंकको सानो कामका लागि पनि सदरमुकाम खलंगा धाउनु पर्ने झन्झटबाट मुक्ति मिलेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले वतए । उनले भने- “यो गाउँमै वैङ्गीक सेवा हुदा सजिलो हुने छ ।”

प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते बुधवार