• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी सल्यानका सचिव सहित ३ जना पक्राउ, २४ घण्टा भित्र रिहा नगरे कडा चेतावनी


जेठ १०, सल्यान ।
सल्यानमा तिन जना विद्यार्थी नेता पक्राउ गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारी सल्यानका तिन जना विद्यार्थी नेताहरु बुधबार पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा संगठनका जिल्ला सचिव दिपेन्द्र डि.सी., कोषाअध्यक्ष डम्बर चलाउने र जिलला सदस्य खिमराज चलाउने रहेको सो संगठनले बताएको छ ।

जिल्लाको श्रीनगरमा शैक्षिक तस्करी र अबैधानीक तरीकाले खालेका इन्सिच्युटहरुको वैधानीक कागजपत्र माग्दा प्रहरीले पक्राउ गरेको उक्त संगठनले एक प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

विद्यार्थीहरुको हक अधिकारको पक्षमा बोल्दा प्रहरीले विद्यार्थी नेताहरुलाई २४ घण्टा भित्र रिहा नगरे सल्यानमा अनिश्चितकालिन शैक्षिक हड्ताल घोषण गर्ने अखिल क्रान्तिकारी सल्यानले विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

No automatic alt text available.

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार