• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म चौरजहारी नगरपालिकमा ९५ किलोमिटर सडक निर्माण


ज्ञानु गौतम
जेठ १०, चौरजहारी ।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एक बर्षमा ९५ किलोमिटर सडक निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएपछि हाल सम्म ९५ किलोमिटर सडक निर्माण गरिएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ को ६ करोड ३९ लाख बजेटबाट उक्त सडक निर्माण गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत प्रदिप सुनारले जानकारी दिए । सुनारका अनुसार ५ किलोमिटर भन्दा बढी सडक निर्माण हुने बाँकी छ । उक्त सडक असार अन्तिमसम्म निर्माण हुने र १ सय बढी किलोमिटर सडक निर्माण हुनेछ ।

आगामि आर्थिक बर्षमा नगरपालिकाको मुख्य सडक खण्ड अन्तर मेलैनाउली र खोलागाउँमा दुईवटा मोटर पुल निर्माण गरि बाह्रै महिना गाडी चल्ने बनाउने नगर प्रमुख बिशाल शर्माले बताए । उक्त दुई ठाउँमा मोटर पुल निर्माण भएमा नगरपालिकाका सबै वडाहरुमा १२ महिना गाडि सञ्चालन हुनेछन ।

प्रकाशित मिति : २०७५ जेष्ठ १० गते बिहिवार