बागचौर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी


जेठ ११, सल्यान । 

सल्यान बागचौर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आफ्नो मागहरु पुरा नभएको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

केहिदिन अघिदेखि नै अाफ्ना विभिन्न मागहरु सहित नगर शिक्षा समितीलार्इ ज्ञापनपत्र बुझाएकाे र उक्त ज्ञापनपत्रकाे अाजसम्म कुनै सुनुवाइ नभएकाे भन्दै तालाबन्दी गरेकाे से संगठनले जनाएकाे छ

उक्त संगठनले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तालाबन्दी गरेकाे ३ दिन भित्र कुनै सुनुवार्इ नभए दाेस्राे चरणमा अनिशिचतकालीन शैक्षिक हड्लात गर्ने चेतावनी दिएकाे छ ।

उता नगर शिक्षा संयाेजक समेत रहेका बागचाैर नगरप्रमुख लाेकमान बुढाथाेकीले उनिहरु नै वार्तामा नअाएकाे बताएका छन् । बाहिर बाहिरै अान्दाेलन गर्ने, तालाबन्दी गर्ने तर टेवुलमा अाएर गर्न नसक्ने भन्दै यस्ताे कार्य नगर्न उनले अाग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार