लेकाली अनलाइन
जेठ ११, सल्यान ।
चुनावका बेला जनतालाई मिठा सपना बाँडेर नेता बनेकाहरुलाई यतिबेला कार्यक्रम उद्घाटनमा भ्याई नभ्याई छ ।
काम भन्दा पनि कुरामा पोख्त देखिएका नेताहरु केन्द्रमा प्रधानमन्त्री जस्तै प्रदेश स्तरका नेताहरु जिल्लामा, जिल्ला स्तरका नेताहरु वडाहरुमा प्रमुख अतिथी बन्नलाई दौडधुप नै चल्ने गर्छ । जनताको काम गर्ने समयमा भाषण गर्न र कार्यक्रम उद्घाटन गर्नलाई नेताहरुको दौडधुप चलिरहेको छ ।
सल्यानमा शुक्रबार भएका २ कार्यक्रमलाई भेटाउनलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सुर्खेतबाट विहानको कार्यक्रम सकेर ९ बजे गाडिमा हिडेर ११ बजे सल्यान आइपुग्ने भनेपनि ढिला भैरहेको थियो ।
शिवजन माविको ५९ औं बार्षिक उत्सवको उद्घाटनका लागि सबैलाई कुराइरहेका ज्वाला जिल्ला समन्वय समितिमा हुने सामुदायिक वन उपभोक्ता महासंघको कार्यक्रम उद्घाटन गर्न हतार भएकाले नै निर्माण भैरहेको बाटोमा ५ मिनेट रोकिनुस भन्दा पनि करिव १ बजेतिर नमानी जवरजस्ती गरेर अघि बढे ।
उनि त कुदे कुदे उनिसंगै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्ट पनि त्यहि बाटोमा कुदे । अनि चर्कोमा घाममा काम गरिरहेका कामदाम आक्रोसित भएर हाम्रो टीमलाई फोन लगाए ।
आफुले कुराइरहेका विद्यार्थी र आयोजक कहाँ पुग्नु प्रमुख अतिथी ज्वालाको बाध्यता थियो तर चर्को घाममा काम गरिहेका मजदुरले हाम्रो टीम त्यहाँ पुग्दा कस्तो नेता रहेछन भन्दै विरोध गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानको गेट छेउमा रहेको खलंगा बालुवासंग्रही सडकखण्ड ओटासिल गरिरहेका कामदारहरुको कुनै प्रवाह नै नगरी २ नेता सरकारीका गाडि कुदाउदै अगाडि बढेका हुन ।
सन्तोषि निर्माण सेवाले गत चैत्र २१ गतेसम्म बनाइसक्नुपर्ने गरी जिम्मा लिएको सडकको काममा ढिलाई भैरहेको छ । ढिला हुनुको कारण के ? काम कस्तो भैरहेको छ ? भनेर हेर्नुको साटो नेताहरु निर्माण भैरहेकोे स्थानमा एक छिन ओर्लिएर हेर्न भ्याएका छैनन ।
फिल्डमा कार्यरत इन्जीनियर प्रविण थापा भन्छन –“नेताहरुलाई अनुरोध गर्दा पनि ५ मिनेटपनि नअडिनु भनेको नेताहरुको मनोवृतिमा समस्या हो । विग्रेको त काम गर्दागर्दै हो केहि समयमा होला तर उहाँहरुले कामदारलाइ मान्यता नदिनु दृष्टिकोणमै खरावी हो ।”
निर्माण कम्पनीका तर्फबाटा ओटासिलको जिम्मा लिएका अमुद कुमार झा भन्छन –“एकैछिन बसेको भए ओटासिल उत्रने थिएन । अरु त केहि भएन कम्पनीलाई थोरै घाटा हो तर मजदुरलाई दोहोरा दुःख भयो ।”
चर्को गर्मीमा काम गरिरहेका अर्का एक मजदुर संचारकर्मी त्यहाँ पुग्दा आफ्नो कुरा पनि कसैले सुनोस भनेर होला नजिक आएर भन्दैथे “–नेताले त बनाउने हैन, विगार्ने मात्रै हो नी, दुःख गरेर बनाउने त हामी छदैछौ । के गर्नु हजुर ५ मिनेट बसेको भए के हुन्थ्यो र ? आखिर अरु सर्वसाधारणका गाडी कुरेर बसेकै थिए । अरुले मान्ने नेताले नमान्ने ? हुनत नेताहरुलाइ कानुन नै लाग्दैन आखिर मारमा पर्ने सर्वसाधारण जनता न हुन ।”
पटक पटक थप्दै काम गरिरहेको ठेकेदारको लापरवाहि भैरहेको सडकमा नेता नै यसरी कुद्छन । ओटासिलको काम भर्खर मात्रै शुरु भएको बेला जिम्मा लिएको कम्पनीले पनि काम राम्रो गर्न नसकेको स्थानियले गुनासो गरिरहेका छन ।
सल्यानको सदरमुकाम र प्रदेश राजधानी जोड्ने यो सडक गुणस्तरयुक्त तथा चाँडो भन्दा चाँडो हुन जरुरी छ