• २०७७ मङ्सिर १८ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पहिलो पटक गजल मेहफिल हुँदै


जेठ ११, सल्यान ।
कला साहित्यको उत्थानकालागि सल्यानमा गजल मेहफिल हुने भएको छ । सल्यान कला साहित्य परिषद्को आयोजनामा यहि जेष्ठ २६ गते सल्यानमा गजल मेहफिल हुन लागेको हो ।

“सल्यान कला साहित्यको उत्थान, साहित्यलाई जोगाउने हाम्रो अभियान” भन्ने मुलनाराका साथ गजल मेहफिलको आयोजना गरिएको आयोजक समितीका सदस्य एक्सन आर्सीले जानकारी दिए ।
नेपाली गजल साहित्यमा योगदान गरेर बिभिन्न गतिविधिमा संलग्न हुदै आएका तथा साहित्यमा आउन चाहाने नवसर्जकका विचमा कार्यक्रम हुने भएको हो ।

नेपाली साहित्यको गजल विधालाई संरक्षण गर्ने र गजलकारको हौसला बढाउने उदेश्यले गजल मेहफिलको आयोजना गरिएको आर्सीले जानकारी दिए ।

मेहफिलमा पुष्प राज अधिकारी, लोकेश जलन, पोष्ट राज चापागाई लगाएतको सहभागि रहने बताईएको छ ।

सल्यानको श्रीनगर स्थित शिवजन क्याम्पसमा हुन गईरहेको कार्यक्रममा आयोजकले उपस्थितिका लागी सबैलाई अनुरोध समेत गरेको छ । कार्यक्रममा प्रवेश गर्न कुनै पनि शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार