• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

एकता प्रक्रियाप्रति असहमति जनाउने माओवादीका ८७ पोलिट्ब्यूरो सदस्यमध्ये सल्यानका २ जना पनि


जेठ १२, सल्यान ।

पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । जसमा सल्यानका दुर्इजना पोलिट्ब्यूरो सदस्य रहेका छन् ।उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको, जनयुद्धको बलिदानीलाई अपमान गरिएको, इमान्दार र क्रियाशिल कार्यकर्ताहरुको अपमूल्याङ्कन गरेको, संगठनमा एमाले हावी भएको जस्ता विषयमा असहमति जनाएका छन् ।

राजधानी काठमाडौँमा भएको गोप्य भेलामा देशभरीका ८७ पोलिट्ब्यूरो सदस्यहरु उपस्थिति थिए । जसमा सल्यानका रमेश मल्ल र नेवबहादुर कुँवर समेत रहेका छन् ।  पहिलो चरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठलाई भेटेर कुरा राख्ने भेलाले निर्णय गरेको थियो । आफ्ना कुराका सुनुवाई नभए कठोर कमद चाल्ने र नयाँ पार्टी खोल्ने देशका बिभिन्न अनलाइन पत्रिकाहरुले समाचार लेखेका छन् । भेलाको निर्णय दाहाललाई बुझाइसकेको समेत बताइएको छ ।

पुर्व माओवादी केन्द्रमा सल्यानबाट ६५ जना केन्द्रिय सदस्य थिए । जसमध्ये एकजना सचिवालय सदस्य र ९ जना पोलिट्ब्यूरो सदस्य छन् । यति धेरै संख्या रहेको सल्यानमा अहिले एमाले-माकेबिच बनेको नेकपा अन्डरलाइनमा एकजना मात्रै केन्द्रिय सदस्यमा परेका छन् ।  जुन पुर्व सचिवालय सदस्य टेक बहादुर बस्नेत हुन् । अहिले सल्यानमा केन्द्रिय सदस्यमा एकजना राखेको भन्दै थुप्रैले  असन्तुष्ट जनाएका छन् ।

सल्यानबाट पुर्व माओवादी केन्द्रमा पोलिट्ब्यूरो सदस्यहरुमा रमेश मल्ल, भिम प्रकाश शर्मा, नेव बहादुर कवर, कृर्ती बहादुर पुन, टीका बुढाथोकी, निम बहादुर केसी, कर्न बहादुर बुढाथोकी, रत्नबाहदुर वली रहेका थिए । एक अनलाइनमा प्रकाशित समाचारमा असहमति जनाउने ८७ जनामध्य सल्यानका २ जना रमेश मल्ल र नेव बहादुर कबर रहेका छन् ।

एमालेसँगको पार्टी एकतामा फरक मत राख्ने पोलिट्ब्यूरो सदस्यहरुमा मुकसामहाङ मेन्याङबो, झलक सिंह दर्लामी, श्रीप्रसाद जबेगु, बालकृष्ण ढुंगेल, ध्रुब बुढाथोकी, कुलप्रसाद साँवा, मोहन खत्री, बाबुराम गौतम, विजय साम्पाङ, विशाल कार्की, डम्बर सुवेदी, मोहन खड्का, राजु अचार्य, नरबहादुर दुलाल, योगेन्द्र मण्डल, होमकुमारी खापुङ, दुर्गा राइ, शंखर राई, गणेश उप्रेती, सुशीला कन्दङवा, खेम सुन्दास, रिपुप्रसाद राई, टेकमान उदय राई, क्षेत्रबहादुर श्रेष्ठ, रामचन्द्र मण्डल, उपेश यादव, दिलिप शाह, रामसिंह यादव, सत्यनारायण भगत, अशोक जैसवाल, देवेन्द्र पराजुली, सोनामलाल साह, सुनिता यादव, तपेश्वर राय चौधरी, सूर्यमान दोङ, रामचन्द्र शर्मा, रमेश मल्ल, चित्रबहादुर श्रेष्ठ, निरु दर्लामी, गणेश रेग्मी रहेका छन् ।

त्यसैगरी रुद्रबहादुर हाडा, धावा सारु, राजकुमार श्रेष्ठ, दीनानाथ गौतम, प्रकाश गौतम, तेजबहादुर मिजार, मीना तामाङ रुकु चौलागाइँ, कान्छामान तामाङ, देवेन्द्र श्रेष्ठ, कुलबहादुर मोक्तान, रक्तिम लामा, गोविन्दबहादुर बटाला, कृष्णा भुजेल, रामचन्द्र ठाडा मगर, शंखर लामा, गोविन्द राई, मदन तामाङ, राकेशकुमार लामा, शैलेन्द्र घिमिरे, दीपक कोइराला, भक्त रसाइली, इन्द्रप्रसाद खरेल, सुदर्शन बराल, टीकाविक्रम हमाल, प्रकाश सुवेदी, अशोक रोकाया,चन्द्र खड्का, सीता पौडेल, ओमप्रकाश केसी, धनजित शाही, विष्णुबहादुर विक, लक्ष्मीप्रसाद चौलागाइँ, नेवबहादुर कुँवर, युवराज आचार्य, नरबहादुर विष्ट, टेकेन्द्र भट्ट, हरि चौधरी, मनबहादुर सिंह, दुर्गाबहादुर राउत, धर्मेन्द्र राई, रामहरि केसी, मंगलबहादुर शाही, जीवन खड्का र पुकवीर रानाले असहति जनाएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार