लेकाली अनलाइन
जेठ १२, सल्यान ।
सल्यानमा लगातार १२ ओटा वन आगलागी हुँदा अन्दाजी ३७० हेक्टर वन नष्ट भएको छ ।
गएको बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म जिल्लाको शारदा नगरपालिकाको रेकर्डलाई हेर्दा ११ दिनको अबधिमा ३७० वनक्षेत्र जलेर नष्ट भएको जिल्ला वन कार्यालय सल्यानले जनाएको छ । कार्यालयको रेकर्डअनुसार शारदा नगरपालिका भरी ११ दिनमा १२ ओटा वन आगलागी भएका छन् ।
बैशाख ३० गते शारदा नगरपालीकाको वडा नम्बर ७ मा रहेको मसिना सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी २५ हेक्टर जमिन आगलागी भएको जिल्ला वन कार्यालय सल्यानका कम्प्यूटर, अपरेटर/टाईपिष्ट पुष्पा रिजन डिसीले बताएकी छन् ।
त्यस्तै जेठ ५ गते शानपा वडा नम्बर ९ मा रहेका जनचेतना सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी १२ हेक्टर, कालीका सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी २ हेक्टर, ढारपाखा सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी १० हेक्टर र नयाँ वस्ती सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी १ हेक्टर जमिन आगलागी भएको जिल्ला वन कार्यालय सल्यानको रेकर्ड फाइलमा छ ।
त्यसैगरी जेठ ९ गते शारदा नगरपालीकाको वडा नम्बर ११ मा रहेका भैयादेवी सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी ४० हेक्टर, जसपुर सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी ४० हेक्टर चण्डेश्वरी सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी ७० हेक्टर र सरस्वती सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी ३० हेक्टर जमिन आगलागी भएको छ ।
सोहि दिन सोहि नगरको वडा नम्बर १ मा रहेका मधुवन सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी ९० हेक्टर, सिता सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी २५ हेक्टर र वडा नम्बर ३ को
राम सामुदायीक वन उपभोक्ता समितीको अन्दाजी २५ हेक्टर जमिन आगलागी भएको कार्यालयकी कम्प्यूटर, अपरेटर/टाईपिष्ट डिसीले बताएइन् ।
यी सबै क्षेत्रमा आगलागीबाट स–साना बिरुवा, घाँस मात्र नष्ट भएको मानवीय क्षती भने कुनैपनि नभएको जिल्ला वन कार्यालय सल्यानका वन अधिकृत अचल कुमार ढुंगानाले बताएका छन् । उनका अनुसार जसपुर र भैयादेवी सामुदायिक वनमा स्थानीय वासिन्दाहरुकोे अगुवाईमा अग्नी रेखा निर्माण गरी थप क्षेती हुन दिइएको थिइएन् ।
आगलागी भएको ठाउँमा आगो नियन्त्रण गर्न स्थानीय उपभोक्ता, वन कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधी, अग्नी नियन्त्रण सञ्जाल लगाएको भुमिका रहेको वन अधिकृत ढुंगानाले बताए ।
यो शारदा नगरपालिकाको मात्रै रेकर्ड हो भने जिल्लामा अन्य तहको रेकर्ड आएको छैन् ।
संकेतिक फोटो फाइल