• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा समेमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालकाे घाेषणा, डटेर लाग्ने चेतावनी


लेकाली अनलाइन
जेठ १३, सल्यान ।

सल्यानमा भाेली साेमबार देखि अनिश्चितकालीन शैक्षिक हड्ताल हुने भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले विद्यार्थीहरुका हक, अधिकारकाे पक्षमा संघर्ष गरिरहँदा संगठनका जिल्ला उपाध्यक्ष भिम वलि र सहसचिव मदन केसी बिनाकारण पक्राउ परेकाे भन्दै भाेली जेठ १४ गतेदेखि जिल्लाभरी अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने जनाएकाे छ । अाज एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै साे संगठने शैक्षिक हडताल सफल पार्न सबैमा अपिल गर्दै शैक्षिक रुपान्तरणकाे अभियानमा डटेर लाग्न मातहतका सबै समितिलाई निर्देशन गरेकाे छ ।

संगठनका अध्यक्ष टंक प्रकाश केसीकाे हस्ताक्षर विज्ञप्तीमा भनिएकाे छ- “राज्यका शासकहरु विभिन्न शासन व्यवस्था वदलिएकाे लाेकतन्त्र अाएकाे हल्ला बजारमा गरिरहेका छन । अाज गरिब र किसानहरु शिक्षा पाउदैनन् । तिनै ज्ञान अार्जन गर्ने उमेर का बालबालिका राेडमा गिठ्ठि कुट्दै छन । अव्यवहारिक शिक्षा भएकोले पढेकाहरु पनि खाडीमा भाैतारिन विवस छन । राज्य द्वारा माध्यमिक शिक्षा निशुल्क र शिक्षा पनि अाधारभुत एवं निशुल्क भनेर घाेषणा गरिन्छ । तर त्यहीँ कार्यनयन कुरा गर्दा अावाज उठाउदा अाफैले लेखेको कुरा पनि बर्खिलाप र खिल्लि उडाउँदै विद्यार्थी जेल काेचिन्छ अनि भनिन्छ लाेकतन्त्र ?”

विनाकारण नागरिक स्वतन्त्रताको खिल्ली उडाउँदै गिरफ्तार गर्ने र बन्द काेठामा हुलेर न्याय काे अावाज थुन्ने हतकण्ठा भइरहेकाे भन्दै उक्त संगठनले अब याे सम्मभव नभएकाे बताएकाे छ ।  विद्यार्थीहरुका हक अधिकारकाे पक्षमा संघर्ष गरिरहने क्रान्तिकारीले विज्ञप्तीमार्फत जनाएकाे छ ।

 

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार