• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

​सल्यानमा महायज्ञबाट ३० लाख संकलन


जेठ १४, सल्यान ।

सल्यानकाे कपुरकाेटमा रहेकाे कालिका माविमा जारि महायज्ञबाट हिजाे अाइतबार सम्म सम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको छ । हिजाे सातौँ दिन मात्रै महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारि दिएका छन् ।

स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट हपेक्षा गरेभन्दा पनि राम्रो दानराशि संकलन भएको विद्यालयले जनाएको छ ।

त्यस्तै स्मार्ट विद्यालय बनाउनका लागी विभिन्न कार्यालय र संघसंस्थाबाट २२ लाख रुपैयाँ भन्दा बढि सहयोगको प्रतिवद्धता आएको पनि उनले जानकारि दिए । महायज्ञको अाज सोमबार एक कार्यक्रमका विचमा समापन गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १४ गते सोमवार