जेठ १६, सल्यान ।
सल्यानमा १२ जना कैदिलार्इ जेलमुक्त गरिएकाे छ ।
गणतन्त्र दिवसको अवसरमा मंगलबार जिल्लाा कारागार सल्यानबाट १२ जना कैदिबन्दीलाई थुनामुक्त गएिको हाे । अाफ्नाे सजायको ४० प्रतिशत कैद भुक्तान गरि सकेका र असल आचरण भएकालाई कैद मुक्त गरिएको जेलर विक्रम केसीले जानकारी दिए । कैद मुक्त भएका मध्ये ११ जना पुरुष र एक महिला रहेका छन् । कैद मुक्त हुने सबै सल्यान जिल्लाका रहेको जेलर केसीले बताए ।
जिल्ला कारागाराट मंगलवार थुनामुक्त हुनेमा सबै भन्दा बढी १० जना कर्तव्य ज्यानको सजाय भोगी रहेका थिए । यस्तै दुई जना बहुविवाहको सजाय भोग्दै आएका थिए । ४० प्रतिशत सजाय भोगेर असल आचरण भएकाले बाँकी भोग्नु पर्ने कैद मिनाहा भएकाे हाे ।
कैद मुक्त भएकाहरुले अाफ्नाे ठेगाना खुलाउन नचाहेकाले ठेगाना नखुलाईएको कारागार स्रोतको भनाई छ ।
थुनामुक्त हुनेमा २२ देखी ६३ वर्ष समुहका रहेका छन् । थुनामुक्त भएकाहरुलाई परिवारका आफन्तको जिम्मा लगाईएको छ । कारागारबाट घर फर्किदै कैदीहरुले आफुले विगतमा गल्ती गरेको महसुस गरेको बताउदै आगामी दिनमा भने परिवार संगै बसेर केही राम्रो काम गर्ने बताएका छन् ।
जेलमुक्त हुनेहरुकाे नाम यसप्रकार छ ।
- मेघ बहादुर बोहरा
- मोहलाल बोहरा
- विष्णु रावल
- थमन सिं कवर
- धन बहादुर बुढा
- हेमलाल डांगी
- नन्दलाल बादी
- भुपेन्द्र पुन
- महेन्द्र थापा
- भिम महतारा
- देवीलाल वली
- हेमा वली