• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

सल्यानमा २ अर्ब बढीको बजेट ल्याइयो- सबैभन्दा धेरै शारदा नगरपालिकामा र कम सिद्ध कुमाखमा


लेकाली अनलाइन
जेठ १७, सल्यान ।
देशभरी आर्थिक वर्ष २०७५/ ७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । यो बजेट नेपालको ७१ औँ बजेट हो । जसअनुसार सल्यान जिल्लाभरी यो आर्थीक बर्ष २०७५/७६ को लागी झण्डै २ अर्व १४ करोड ९६ लाख बढीको बजेट छुट्याइएको छ ।

सल्यानमा १० ओटा स्थानीय तह छन् । १० ओटा तहमध्ये सबैभन्दा धेरै बजेट शारदा नगरपालिकामा छुट्याइएको छ भने सबैभन्दा कम सिद्ध कुमाख गाउपालिकामा छुट्याइएको छ ।

सल्यानका १० ओटा स्थानीय तहको बजेट यसप्रकार छ

  1. शारदा नगरपालिका :- ३२ करोड ४८ लाख ।
  2. बागचौर नगरपालिका :-२९ करोड ९२ लाख ।
  3. बनगाड कुपिन्डे नगरपालिका :-२७ करोड ।
  4. कुमाख गाउपालिका:-२१ करोड २५ लाख ।
  5. छत्रेस्वरी गाउपालिका :-२० करोड ८२ लाख ।
  6. कालिमाटी गाउपालिका:-२० करोड ३ लाख ।
  7. दार्मा गाउपालिका:- १७ करोड ११ लाख ।
  8. कपुरकोट गाउपालिका :-१५ करोड ६२ लाख ।
  9. त्रीबेणी गाउपालिका :-१६ करोड ८१ लाख ।
  10. सिद्ध कुमाख गाउपालिका:- १३ करोड ६५ लाख ।

हेर्नुहोस् देशभरीको बजेट सुचि

null

null

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार